म कसरी आफ्नो सुरक्षामा विषेश ध्यान दिन सक्छु

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

अशक्त महिलाहरूले अन्य सामान्य महिलाहरू जस्तो आफ्नो सुरक्षा आफै गर्न सक्षम नभएकोले गर्दा उनीहरू हिंसात्मक आक्रमण र दुर्व्यवहारको शिकार हुने खतरा धेरै हुन्छ। तर तिनले आफ्नो सुरक्षाको लागि प्रतिकार गर्न सक्ने केही कुराहरू छन्। महिलाहरूको समूहले अशक्त व्यक्तिहरूसँगै मिलेर यी कुराहरू अभ्यास गर्दा मदतकारी हुन सक्छ।

तपाईं सार्वजनिक ठाउँमा भएको बेला कसैले तपाईंलाई दु:ख दिन वा दुर्व्यवहार गर्न खोज्यो भने सके जति जोडले चिच्याउनुहोस्।

उसलाई घिन लाग्‍ने कुराहरू गर्नुहोस्। जस्तै: थुक्ने (राल चुहाउने) वा वान्ता गर्न खोज्‍ने वा आफू 'पागल' भएको नाटक गर्नुहोस्।

आफ्नो लठ्ठी, बैशाखी वा व्हील चियरको प्रयोग गरेर उसलाई हिर्काउनुहोस् वा चोट पुर्‍याउने कोसिस गर्नुहोस्।

यदि दुर्व्यवहार गर्ने व्यक्ति आफ्नै परिवारको हो भने आफूले भरोसा गर्न सक्ने परिवारको अर्को सदस्यलाई त्यो कुरा बताउनुहोस्। अशक्त महिलाहरूको समूहमा गोप्य रुपमा यस विषयमा कुरा गर्दा पनि मदत पाउन सकिन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011112