आत्महत्या गर्ने सोचाई आउँदा किन आवेशमा कदम चाल्नु हुँदैन

From Audiopedia
Revision as of 11:54, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

थुप्रैले आत्महत्या गर्ने प्रयास गर्दा र आत्महत्या गर्दा आवेशमा आएर गरेका हुन्छन्। अर्को शब्दमा भन्‍नु पर्दा आत्महत्या गर्ने व्यक्तिहरूले केही दिनअघि वा केही दिनपछि मात्र आफूलाई मार्ने सोच राखेका हुँदैनन् वा आफ्नो कामलाई राम्ररी केलाएको भए यस्तो गर्ने नै थिएनन्। यसबारे सोच्‍नुहोस्, यदि अर्को २४ घण्टाभित्र वा अर्को हप्ता भित्र तपाईंको परिस्थितमा राम्रो परिवर्तन आयो भने? यस्तो खुसीको क्षण हेर्न पाएन भने तपाईंलाई पछुतो लाग्‍ने थिएन र?

आफुसित केही दूरी राख्नुहोस्। आफैलाई यसो भन्‍नुहोस्, "केही कदम चाल्नुअघि म अर्को २४ घण्टा कुर्छु।" आफ्नो आत्महत्या गर्ने सोचाइ र चाल्ने कदमबीच दूरी राख्नुहोस्, चाहे त्यो २४ घण्टा मात्र किन नहोस्।

आत्महत्या गर्नको लागि प्रयोग गरिने सामग्री तपाईंको घरमा छ भने (जस्तै: हतियार वा विष) साथी वा नजिकको कसैलाई ती कुराहरू हटाउन आग्रह गर्नुहोस्। कमसेकम २४ घण्टा ती कुराहरू तपाईंको नजिक हुनुहुँदैन वा त्यहाँसम्म पुग्‍न गाह्रो हुनुपर्छ)। तपाईंसित भएको हतियार साथीलाई दिएर चाहे जेसुकै होस् २४ घण्टासम्म त्यो हतियार फिर्ता नदिन आग्रह गर्न सक्नुहुन्छ। यस्तो अवस्थामा खतरा हुने ठाउँतिर नजानुहोस्, जहाँ तपाईं आवेशमा आउने सम्भावना हुन सक्छ (जस्तै: गहिरो खाडल, अग्लो घर वा पुल, रेल्वे आदि)।

आत्महत्या गर्ने सोचाइ आउँदा कहिल्यै रक्सी वा लागू पदार्थ सेवन नगर्नुहोस्। यो समाधानको लागि सजिलो उपाय र पीडा कम गर्ने सजिलो तरिका हो जस्तो लागे तापनि रक्सी र लागू पदार्थले आवेशलाई नियन्‍त्रण गर्ने शक्ति कम गर्छ र सोच-विचार नगरी कदम चाल्ने खतरा धेरै हुन्छ।

Sources
  • Felicitas Heyne, Psychologist
  • Audiopedia ID: np020915