यौन सम्बन्धको विषयमा मैले के थाह पाउनुपर्छ

From Audiopedia
Revision as of 11:54, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

  • तपाईंले पहिलो पटक यौन सम्बन्ध राख्दा नै तपाईं गर्भवती हुन सक्नुहुन्छ।
  • परिवार नियोजनको कुनै तरिका अपनाएको छैन भने यौन सम्बन्ध राख्‍ने बित्तिकै तपाईं गर्भवती हुन सक्नुहुन्छ (एक पटक मात्र यौन सम्बन्ध राखे तापनि)।
  • पुरूषले आफ्नो वीर्य (शुक्रकिट) निस्केको छैन भनेर सोचे तापनि तपाईं गर्भवती हुन सक्नुहुन्छ।
  • यौनजन्य रोग र एच.आइ.भि संक्रमण भएको व्यक्तिसित यौन सम्बन्ध राख्दा कन्डम प्रयोग गर्नुभएन भने तपाईंलाई पनि यी रोगहरू लाग्‍न सक्छ। कुनै व्यक्तिलाई हेरेर तिनलाई यौनजन्य रोग वा एच.आइ.भि लागेको छ भनेर भन्‍न सकिंदैन।
  • पुरुषबाट यौनजन्य रोग र एच.आइ.भि महिलामा सजिलै सर्न सक्छ तर महिलाबाट पुरुषमा यस्ता रोगहरू सजिलै सर्दैन। यसो हुनुको कारण यौनले गर्ने काम अर्थात यौन सम्बन्ध राखिने प्रक्रियाको कारण हो। यौन सम्बन्ध राख्दा महिला 'पाउने' व्यक्ति हुन्छिन् भनाइको मतलब पुरुषको यौन अङ्ग महिलाको भित्र पुर्‍याइन्छ तर पुरुषको भित्र होइन। त्यसैले कुनै किशोरीलाई संक्रमण भएको छ भनेर थाह पाउन पनि गाह्रो हुन्छ, किनभने संक्रमण शरीरको भित्र हुन सक्छ।

यौनजन्य रोग र एच.आइ.भि -बाट बच्‍न सधैं कन्डम प्रयोग गर्नुहोस्। तर गर्भवती हुन देखि जोगिन र यौनजन्य रोग र एच.आइ.भि -बाट बच्‍नको लागि सबैभन्दा भरपर्दो तरिका भनेकै यौन सम्बन्ध नराख्नु हो।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020811