घर छोड्न तयार भैसकेपछि आफू सुरक्षित हुन के गर्न सकिन्छ

From Audiopedia
Revision as of 11:54, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

जसरी भएपनि पैसा जम्मा गरेर राख्‍नुहोस्। उक्त पैसालाई बैंकमा खाता खोलेर जम्मा गर्नुहोस्, यसो गर्‍यो भने अझ धेरै आफैमा भर पर्न सकिन्छ।

यदि तपाईं सुरक्षित तरिकामा केही गर्न सक्‍नुहुन्छ भने अन्य कुराहरूबारे पनि सोच्‍नुहोस् अनि ती कुराहरू गर्नुहोस् जसले गर्दा आफ्नो जोडीमा सकेसम्म भर पर्नु नपरोस्। जस्तै: साथीहरू बनाउने, कुनै समूहमा सामेल हुने वा आफ्नो परिवारसित अझ धेरै समय बिताउने।

के तपाईंसित अझ धेरै पैसा कमाउन सक्‍ने कुनै सीप छ?

दुर्व्यवहार भोगेका महिलाहरूलाई मदत गर्न बनाइएका कुनै 'सुरक्षित घरहरू' वा अन्य सेवाहरू छन् कि पत्ता लगाउनुहोस्। केही सहरहरूमा दुर्व्यवहार भोगेका महिला तथा बालबालिकाको लागि केही समय बस्‍न सकिने विशेष ठाउँहरूको प्रबन्‍ध गरिएका हुन्छन्। आफ्नो घर छोड्नु अघि यस्ता ठाउँहरूमा गएर बस्‍न सकिन्छ कि पत्ता लगाउनुहोस्।

भरोसा गर्न सकिने साथीहरू वा नातेदारको घरमा बस्‍न सकिन्छ कि वा तिनीहरूबाट पैसा सापट लिन सकिन्छ कि भनेर सोध्‍नुहोस्। तपाईंले सोधेका कुराहरूबारे तिनीहरूले तपाईंको जीडीलाई गएर भन्‍ने छैनन् भन्‍ने कुरा पनि पक्का गर्नुहोस्। आफ्नो परिचय पत्र वा आफ्नो बच्चालाई लगाउनु पर्ने खोपको रेकर्ड जस्ता महत्त्वपूर्ण कागजपत्रहरूको एक-एक नकलप्रति आफूसित राख्‍नुहोस्। यी कागजपत्रहरूको एक प्रति घरमा राख्‍नुहोस् अनि अर्को एक प्रति भरोसा योग्य व्यक्तिलाई दिनुहोस्। आवश्यक परेमा तुरुन्तै घर छोड्न सकियोस भन्‍नको निम्ति आफूले भरोसा गर्न सक्‍ने एकजना व्यक्तिलाई आफ्नो पैसा, कागजपत्रहरूको एक प्रति र लगाउने केही लुगाहरू राख्‍न दिनुहोस्।

सुरक्षित तरिकामा यस्ता कुराहरू गर्नको लागि आफ्ना बच्चाहरूसँगै भाग्‍ने अभ्यास गर्नुहोस्। यस्ता कुराहरू कसैलाई नभन्‍नु भनेर बच्चाहरूलाई बताउनहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020118