शिल्पकलाले गर्दा मेरो स्वास्थ्यमा कसरी समस्या आउन सक्छ

From Audiopedia
Revision as of 11:54, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

धेरैजसो प्रकारको शिल्पकला घरमै बसेर गरिन्छ र यस्तो काम महिलाले एक्लै बसेर गर्छन्। तिनीहरूलाई यस्ता कामले ल्याउने स्वास्थ्य समस्या र यसको रोकथामबारे थाह नहुन सक्छ।

शिल्पकलाले निम्त्याउने सामान्य स्वास्थ्य समस्या:

  • माटोको भाँडा बनाउने: खानीमा काम गर्नेहरूमा देखिने जस्तै: फोक्सोको समस्या (फाइब्रोसिस, सिलिकोसिस)
  • माटोको भाँडामा रङ्‍ग लगाउने: सिसाको विष लाग्‍ने
  • सिलाई, बुट्टा भर्ने, बुन्‍ने, लेस बनाउने, तान बुन्‍ने: आँखालाई तनाव हुने, टाउको दुख्‍ने, ढाड र गर्दन दुख्‍ने, जोर्नी दुख्‍ने
  • ऊन र कपाससित काम गर्ने: धुलो र फाइबरले गर्दा आस्थ्मा र फोक्सोको समस्या हुने
  • रङ्‍ग लगाउने र कपडा डाइ गर्ने: 'रसायनीक पदार्थसित काम गर्ने' हेर्नुहोस्
  • साबुन बनाउने: छाला चिलाउने र पोल्ने


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030121