गह्रौं भारी उठाएर स्वास्थ्य समस्या हुनबाट म कसरी जोगिन सक्छु

From Audiopedia
Revision as of 11:54, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

कसरी सुरक्षित तरिकामा उठाउने:

ढाड दुख्‍ने समस्यालाई निको बनाउनुभन्दा ढाड दुख्‍न नदिनु चाहिं राम्रो हुन्छ। सम्भव भएसम्म आफ्नो ढाडलाई भन्दा आफ्नो खुट्टालाई काम गर्न दिनुहोस्।

  • गह्रौं चिज उठाउँदा ढाडको मांशपेशी भन्दा खुट्टाको मांशपेशी प्रयोग गर्नुहोस्। कुनै वस्तु उठाउनु पर्दा वा भुईंबाट बच्चाहरूलाई उठाउनु पर्दा घोप्‍टो परेर उठाउनुको सट्टा घुँडा टोकेर वा घुँडा खुम्च्याएर उठाउने गर्नुहोस्।
  • तपाईंको ढाड, काँध र घाँटीलाई सकेसम्म सिधा राख्‍नुहोस्।
  • गर्भवती भएको बेलामा वा बच्चा जन्माएको केही समयपछि तुरून्तै गह्रौ वस्तुहरू नउठाउनुहोस् वा नबोक्‍नुहोस्।
  • गह्रौं वस्तु उठाउनु पर्दा कसैको मदत लिनुहोस्। कुनै चिजलाई आफैले उठाएमा काम छिटो हुने जस्तो देखिन सक्छ। तर ढाडमा क्षति पुगेकोले गर्दा पछि तपाईंको धेरै समय खेर जान सक्छ।

कसरी सुरक्षित तरिकामा उठाउने:

  • कुनै वस्तु उठाउनुपर्दा आफ्नो शरीरको नजिकै ल्याएर उठाउनुहोस्।
  • यदि सम्भव छ भने शरीरको छेउतिर पारेर बोक्‍नुको साटो पछाडि ढाडमा राखेर बोक्नुहोस्। यस्तो तरिकामा बोक्दा तपाईंको ढाडको एकतिरको मांशपेशीले मात्र सबै काम गर्नु पर्दैन। गह्रौं वस्तु एकतिरबाट मात्र बोक्नाले मेरुडण्ड धेरै बाङ्गिने

हुन सक्छ। यसले गर्दा ढाड दबाब पर्ने हुन्छ।

  • यदि कुनै वस्तु एकतिरबाट मात्र बोक्‍न मिल्ने छ भने बेला-बेलामा अर्कोतिर बाट पनि बोक्‍ने गर्नुहोस्। यसरी बोक्दा ढाडको दुबैतिरको मांशपेशीहरू समान तरिकामा मोडिने वा बाङ्गिने हुन्छ। वा दुवैतिर बोक्न मिल्ने गरी छुट्याउनुहोस्।
  • टाउकोमा नाम्लो (बरियो) लगाएर नबोक्‍नुहोस्। यसरी बोक्दा तपाईंको गर्दनको मांशपेशीमा तनाव पैदा हुन सक्छ।

कसरी सुरक्षित तरिकामा निहुरिने:

  • महिलाहरूले लामो समय सम्म निहुरेर लुगा धुँदा, खेत-बारीमा काम गर्दा वा घरधन्दा गर्दा ढाडमा तनाव पैदा हुन सक्छ। यदि तपाईंले यसरी काम गर्नुपर्छ भने बेला-बेलामा जिउ तन्काउने गर्नुहोस्। यदि तपाईंको ढाड दुख्‍न थाल्यो भने घुँडा खुम्च्याएर वा घुँडा टेकेर फरक आसनमा बसेर काम गर्दा पनि मदत पाउन सकिन्छ। बेला-बेलामा आफ्नो आसन परिवर्तन गर्नुहोस्।
  • भुईंमा भएको चिजहरू उठाउनु पर्दा कम्मर ननिहुराउनुहोस्। बरू घुँडा खुम्च्याएर र ढाडलाई सिधा राखेर उठाउने गर्नुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030109