महिनावारीको चक्रको विषयमा मैले के थाहा पाउनुपर्छ

From Audiopedia
Revision as of 11:54, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

गर्भधारण गर्न सक्ने उमेरका महिलाहरूको पाठेघरबाट योनी हुँदै हरेक महिना केही दिन केही मात्रामा रगत शरीरबाट बाहिर निस्किन्छ। यसलाई ‘महिनावारी’ वा ‘मासिक स्राव’ भनिन्छ। यो एउटा स्वस्थ प्रक्रिया हो र यसले शरीरलाई गर्भधारणको लागि तयार पार्छ।

धेरैजसो महिलाहरूले महिनावारीलाई उनीहरूको जीवनको एउटा सामान्य भागको रूपमा लिन्छन्। तर प्रायः किन यस्तो हुन्छ वा कहिलेकाहीं किन परिवर्तन हुन्छ भन्‍ने विषयमा उनीहरूलाई थाहा हुँदैन।

हरेक महिलाअनुसार महिनावारीको चक्र फरक-फरक हुन्छ। महिनावारीको पहिलो दिनदेखि रगत बग्‍न सुरू हुन्छ। धेरैजसो महिलाहरूको हरेक २८ दिनमा रगत बग्छ। तर कसै-कसैको हरेक २० दिनमा रगत बग्छ वा कसै-कसैको हरेक ४५ दिनमा मात्र रगत बग्‍ने हुन्छ। उमेर बढ्दै गएपछि, बच्चा जन्माएपछि वा धेरै तनाव भएमा महिलाहरूले आफ्नो महिनावारीमा परिवर्तन भएको कुरा याद गर्छन्।

अण्डासयमा पैदा हुने एस्ट्रोजेन र प्रोजेस्टेरोन हर्मोनको मात्रा महिनावारीको चक्रभरि परिवर्तन हुन्छ। महिनावारी चक्रको आधा समयअवधिमा (१४ दिन भित्रमा), अण्डाशयले धेरैजसो मात्रामा एस्ट्रोजेन पैदा गर्छ। यसले गर्दा पाठेघरमा बाक्लो रगत र टिस्यु (तन्तु) को एउटा तह बढ्दै जान्छ। त्यस महिनामा महिला गर्भवती भएमा तिनको शरीरले एउटा तह निर्माण गर्छ र त्यहाँ बच्चा बढ्न थाल्छ।

लगभग १४ दिन अन्त हुनुअघि नरम तह तयार हुन्छ अनि एउटा अण्डाशयबाट अण्डा बाहिर निस्किन्छ। यसलाई ओभुलेशन अर्थात् अण्डा निस्किने भनिन्छ। त्यसपछि अण्डा ट्युब हुँदै पाठेघरमा जान्छ। यसबेला महिला गर्भधारण गर्ने अवश्थामा (सेचन) हुन्छिन् अनि गर्भवती हुन सक्छिन्। यदि महिलाले हालै मात्र यौन सम्पर्क राखेकी थिइन् भने पुरुषको शुक्रकिट उनको अण्डासँग मिल्छ। यसलाई फर्टिलाइजेशन अर्थात् गर्भधारण (सेचन) भनिन्छ र यो गर्भावस्थाको पहिलो चरण हो।

महिनावारी चक्रको १४ दिनको अन्तदेखि अर्को महिनाको महिनावारी सुरु नहोउन्जेल सम्म महिलाको शरीरले प्रोजेस्टेरोन हर्मोन पनि पैदा गर्छ। प्रोजेस्टेरोनले पाठेघरमा बच्चा बस्‍नको लागि एउटा नरम तह तयार गर्छ। धेरैजसो महिनाहरूमा अण्डा शुक्रकिटसँग सेचन हुँदैन, त्यसैले नरम तह आवश्यक पर्दैन। अण्डाशयले एस्ट्रोजेन र प्रोजेस्टेरोन पैदा गर्न बन्द गर्छ त्यसपछि पाठेघरमा बनेको तह टुक्रिन थाल्छ। महिनावारीको बेला रगत बग्‍न सुरू भएपछि पाठेघरमा बनेको नरम तह र अण्डा बाहिर निस्किन्छ। यो नयाँ मासिक चक्रको सुरुवात हो। महिनावारीपछि अण्डाशयले फेरि धेरै मात्रामा एस्ट्रोजेन बनाउँन थाल्छ र अर्को नरम तह पाठेघरमा बढ्न थाल्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010215