प्रायजसो कस्ता कारणहरूले गर्दा चोटपटक लाग्ने हुन्छ
From Audiopedia
बच्चाहरू हिंडन सिक्दा, दौडिंदा अनि हाम फाल्दा प्राय लड्ने गर्छन्। यसरी लड्दा छाला खुइलिनुका साथै सानोतिनो चोटपटक लाग्ने हुन्छ। कहिलेकाहीं लडेर चोटपटक लाग्दा हड्डी भाँचिने, टाउकोमा चोट लाग्ने वा अन्य गम्भीर चोटपटक लाग्नुका साथै मृत्यु समेत हुन सक्छ।
शिशुलाई राम्ररी ध्यान दिइएन भने औछ्यान, खाट वा झोलुङ्गोबाट खस्न सक्छ। बच्चाहरू भर्याङ्बाट वा झ्याल अथवा कौसीबाट खस्न सक्छन्।
बच्चाहरू अग्लो ठाउँमा चढ्न मन पराउँछन्। तिनीहरू कुनै अग्लो ठाउँबाट खस्दा गम्भीर घाइतो हुन सक्छन् वा गह्रौं फर्निचरमाथि चढ्न खोज्दा फर्निचर उनीहरू माथि नै खस्न सक्छ।