म कसरी स्वास्थ्य समस्याहरूबाट जोगिन सक्छु

From Audiopedia
Revision as of 11:54, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

सही पोषण, सरसफाइ, आराम अनि महिलालाई आवश्यक आधारभूत कुराहरू उपलब्ध गराएर तिनीहरूको थुप्रै शारिरीक समस्याहरूलाई रोक्न (समस्या सुरु हुनुअघि नै रोक्न) सकिन्छ।

स्वस्थ समाजले महिलाहरूलाई पनि स्वस्थ रहन मदत गर्छ। स्वस्थ महिलाले आफ्नो परिवारको राम्रो ख्याल राख्‍न सक्छिन्। स्वस्थ परिवारले समाजमा झनै ठूलो योगदान पुर्‍याउन सक्छ।

महिलाहरूलाई बिरामी हुनबाट जोगिन सधैं सजिलो हुँदैन। हुनत उनीहरूले आफ्नो परिवार अनि समाजलाई स्वस्थ बनाउन निकै मेहनत गर्छन्, तर थुप्रै महिलाहरूले आफ्नो ख्याल राख्‍न समय, शक्ति र पैसाको अभाव भएको महसुस गर्छन्। प्रायजसो महिलाहरूलाई अरूको आवश्यकतालाई पहिलो स्थानमा राख्नुपर्छ भनेर सिकाइएको हुन्छ, जसले गर्दा परिवारको ख्याल राखिसकेपछि आफ्नो लागि थोरै मात्र समय बाँकी हुन्छ। परिवारमा भएको सिमित स्रोतसाधनहरू प्रायजसो पहिला बच्चा अनि पुरुषहरूको लागि खर्च गरिन्छ।

स्वास्थ्य समस्या भएपछि उपचार गराउनुभन्दा स्वास्थ्य समस्या सुरू हुन नदिनु नै बेस हो। यसो गर्दा थुप्रै दु:ख र तनाव कम हुन्छ। स्वस्थ रहन धेरै समय र पैसा पनि खर्च गर्नु पर्दैन। कसै-कसैले भने स्वस्थ रहन सुरू-सुरूतिर थप समय, शक्ति र पैसा खर्च गर्छन्। यसरी पहिल्यै रोकथाम गर्नाले महिला, उनको परिवार अनि समाजलाई स्वस्थ र बलियो बनाउँछ। यसले पछि गएर जीवन अझ सजिलो र स्तरीय हुनेछ।



Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010202