छालाको समस्या हुन नदिन म के गर्न सक्छु

From Audiopedia
Revision as of 11:54, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

हरेक दुई घण्टामा चलहल गर्ने प्रयास गर्नुहोस्। पूरै समय पल्टिरहनुपर्ने अवस्था छ भने कोल्टो फेर्न कसैको मदत लिनुहोस्।

नरम कुरामा बस्‍ने वा सुत्‍ने गर्नुहोस्। यसो गर्दा हड्डी भएको ठाउँमा दबाब कम हुन्छ। हड्डी भएको ठाउँको वरपर प्वाल भएका कुशन वा सुत्‍दा प्रयोग गरिने नरम फम राख्दा मदत पुग्‍छ। अथवा नपकाएको गेडागुडी वा चामल प्लास्टिकको ब्यागमा भरेर कुशन वा सुत्‍ने प्याड बनाएर राख्‍न सकिन्छ। अनि महिनामा एक पटक पुरानो हटाएर नयाँ चामल र गेडागुडी भर्नुपर्छ।

हरेक दिन आफ्नो शरीरलाई ध्यान दिएर हेर्नुहोस्। ढाडतिर हेर्नको लागि ऐना प्रयोग गर्नुहोस्। तपाईंले शरीरको कुनै भाग गाढा वा रातो भएको देख्‍नुभयो भने छाला सामान्य अवश्थामा नफर्कुन्जेल त्यस भागमा दबाब पर्न नदिनुहोस्।

शस्त फलफुल, तरकारी र प्रोटिन धेरै भएका खानेकुराहरू खानुहोस्।

महिनावारी हुँदा कपडा वा टाम्पोन्स् (रगत सोस्‍न योनी भित्र राखिने प्याड) प्रयोग नगर्नुहोस्। यसले शरीर भित्रको हड्डीमा दबाव पार्न सक्छ र योनीमा घाउ हुन सक्छ।

हरेक दिन नुहाउने कोसिस गर्नुहोस्। शरीर सुकाउन नरगड्नुहोस् बरू थ्याप-थ्याप गरेर सुकाउनुहोस्। छालामा क्रिम र तेल प्रयोग नगर्नुहोस्, किनभने यी कुराले छालालाई नरम र कमजोर बनाउँछ। कहिल्यै पनि छालामा रक्सी नराख्‍नुहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011107