दिन गन्‍ने तरिका कसरी प्रयोग गर्न सकिन्छ

From Audiopedia
Revision as of 11:54, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

यो तरिकालाई राम्ररी काम गर्न दिने हो भने तपाईंको महिनावारी चक्रको आठौं दिन देखि १९ औं दिनसम्म यौन सम्बन्ध राख्नु हुँदैन। यदि यौन सम्बन्ध राख्‍न चाहनुहुन्छ भने परिवार नियोजन अन्य विधि अपनाउनुपर्छ।

तपाईंको प्रजनन हुने दिन याद गर्न माला, चार्ट वा अरू कुनै कुरा प्रयोग गर्न सक्नुहुन्छ। ३ विभिन्‍न किसिमको रङ्ग भएको ३२ वटा गेडा राखेर माला बनाउनुहोस्। हरेक रङ्गले महिनावारी चक्रको भागलाई बुझाउँछ:

  • रातो रङ्गको गेडाले महिनावारीको पहिलो दिनलाई सङ्केत गर्छ।
  • ६ वटा निलो गेडाले यौन सम्बन्ध राखे तापनि गर्भवती नहुने समयलाई बुझाउँछ।
  • १२ वटा सेतो गेडाले तपाईंको प्रजननको समयलाई बुझाउँछ - यस बेला यौन सम्बन्ध राख्दा गर्भवती हुन सक्छ।
  • १३ वटा थप निलो गेडाले यौन सम्बन्ध राख्दा गर्भवती नहुने समयलाई बुझाउँछ।

महिनावारीको पहिलो दिनमा रातो गेडाको वरपर धागो वा रिङ राख्नुहोस्। हरेक दिन धागो वा रिङ्ग वरपर सार्नुहोस्। रिङ्ग वा धागो सेतो गेडामा पुग्यो भने त्यस समयमा तपाईंले यौन सम्बन्ध राख्नुभयो भने तपाईं गर्भवती हुन सक्नु हुन्छ। तपाईंको महिनावारी हुने बित्तिकै रिङ्ग वा धागो फेरि रातो गेडामा लगेर राख्नुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020512