खाना पकाउँदा आगो र धुवाँले कसरी मेरो स्वास्थ्यलाई बिगार्न सक्छ

From Audiopedia
Revision as of 11:54, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

दिनहुँ खाना पकाउँदा धेरै जसो महिलाहरूले थुप्रै घण्टा त्यसमा बिताउने गर्छन्। खाना पकाउन प्रयोग गरिने आगो र यसको धुवाँले गर्दा तिनीहरूलाई स्वास्थ्य समस्याहरू हुने खतरा हुन्छ।

मट्टितेल र अन्य ग्यास इन्धन प्रयोग गर्दा पड्किने, आगो लाग्‍ने र जल्ने हुन सक्छ।

जुन महिलाहरूले खाना पकाउँदा दाउरा, कोइला, गुईंठा (सुकेको गोबर) र बालीनाली कटनी पछि बाँकी भएको कुराहरू प्रयोग गर्छन्, तिनीहरूमा प्रायजसो स्वास्थ्य समस्याहरू हुने गर्छ, किनभने यस्ता कुराहरूबाट धेरै मात्रामा धुवाँ निस्किने गर्छ। यस्ता कुराहरू प्रयोग गरेर घरभित्र आगो बाल्दा धुवाँ सजिलै बाहिर ननिस्किने भएकोले झनै स्वास्थ्य समस्या हुन सक्छ। साथै यदि आगो बाल्न प्रयोग गरिने कुराहरूमा किटनाशक वा उब्जनी बढाउन प्रयोग गरिने मल जस्ता रसायनिक पदार्थहरू लागेको छ भने यस्ता कुराहरू बाल्दा निस्किने धुवाँ झनै खतरनाक हुन सक्छ।

खाना पकाउँदा आगोबाट नस्किने धुवाँको कारण दीर्घकालीन रुपमा खोकी लाग्‍ने, चिसो लाग्‍ने, निमोनिया हुने र ब्रोनकाइटिस हुनुका साथै फोक्सो सम्बन्धी अन्य रोगहरू पनि लाग्‍न सक्छ। कोइला बाल्दा निस्किने धुवाँले गर्दा फोक्सो, मुख र घाँटीको क्यान्सर हुन सक्छ।

खाना पकाउँदा निस्केको धुवाँको कारण गर्भवती महिलालाई रिङ्गटा लाग्‍ने, कमजोर हुने, वाकवाक लाग्‍ने र टाउको दुख्‍ने समस्या हुन सक्छ। किनभने गर्भवती महिलाको शरीरमा संक्रमण विरुद्ध लड्ने क्षमता कमजोर भएकोले गर्दा माथि उल्लेख गरिए जस्तै फोक्सो सम्बन्धी समस्याहरू हुन सक्छ। धुवाँको कारण गर्भमा रहेको बच्चाको विकास ढिला हुने, जन्मिदा वजन कम हुने वा समय नपुग्दै जन्मिने जस्ता समस्याहरू पनि हुन सक्छन्।

महिलाहरूले पुरुषहरू भन्दा धेरै समय धुवाँ भएको ठाउँमा सास फेर्नु पर्ने भएकोले महिलाहरूलाई नै स्वास्थ्य समस्या हुने खतरा धेरै हुन्छ। धेरै समय खाना पकाउने चुल्हो नजिकै खेलेर बिताउने साना बच्चाहरूलाई चिसो लाग्‍ने, खोकी लाग्‍ने, निमोनियाँ हुने र फोक्सोमा संक्रमण हुने खतरा धेरै हुन्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np030103