क्यान्सरको बारेमा मानिसहरूले राख्‍ने हानीकारक सोचाइ के-के हुन्

From Audiopedia
Revision as of 11:54, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

महिलाहरू धेरै बिरामी नपरेसम्म स्वास्थ्यकर्मी वा डाक्टरलाई जचाउँदैनन्। त्यसैले महिलाहरूमा क्यान्सर हुँदा पहिल्यै पत्ता नलागेकोले तिनीहरूको रोगको अवस्था गम्भीर हुने र मृत्यु समेत हुने गरेको छ। साथै, क्यान्सर लागेका महिलालाई कहिलेकाहीं 'श्रापित' ठानिन्छ र परिवार वा समाजले तिनीहरूलाई तिरस्कार गर्छन्। यसरी एक्लो हुनु बिरामी महिलाको लागि मात्र नराम्रो होइन, तर पूरै समाजको लागि नराम्रो हो। किनभने यसरी एक्लै राखिंदा क्यान्सरले कसरी मानिसलाई बिरामी पार्छ भनेर कसैलाई पनि थाह हुँदैन।

महत्त्वपूर्ण: क्यान्सर संक्रमण होइन। यो सरूवा रोग होइन अर्थात् यो रोग एक जनाबाट अर्को व्यक्तिमा सर्दैन।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011403