दाइजो सम्बन्धि विवाद कसरी सुल्झाउन सकिन्छ

From Audiopedia
Revision as of 11:54, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

थुप्रै देशहरूमा (उदाहरणको लागि भारत, पाकिस्तान, नेपाल र केन्या) विवाहमा पैसा माग्‍ने, पैसा दिने वा स्विकार गर्ने जस्ता कुरा कानुनअनुसार निषेध गरिएको छ। यदि नियम विपरीत गएर कसैलाई दोषी ठहराएमा जेल चलान पनि गरिन सक्छ।

दु:खको कुरा धेरै परिवारलाई यस्ता नियमहरूबारे थाह छैन र विवाह दाइजो माग गरिंदा श्रीमती अनि तिनको परिवारले कहाँ मदत माग्‍न सक्छन् र यस्तो मदत उपलब्ध छ भनेर पनि थाह पाएका हुँदैनन्। कोही-कोही भने अख्तियारलाई यसबारे उजुरी दिंदा समाजमा आफ्नो प्रतिष्‍ठा कम हुन्छ भनेर सोच्छन्। त्यसैले यस्तो परम्परा अझै पनि चलिरहेको छ, जुन कुरा वास्तवमा हुनुहुँदैन थियो।

दाइजोबारे धेरै विवाद भइरहन्छ। सासु-ससुराले आशा गरे जस्तो दाइजो पाएनन् भने बुहारीलाई दुर्व्यवहार गर्ने हुन्छ। साथै यदि तिनले आफ्नो आमाबुबाबाट पर्याप्त दाइजो ल्याइनन् भने श्रीमान्‌ले तिनलाई त्याग्‍ने धम्की पनि दिन सक्छन्।

तपाईंको श्रीमान्‌को परिवारले दाइजोको कारण तपाईंलाई दुर्व्यवहार गर्दैछ भने निम्‍न कुराहरूले तपाईंलाई मदत गर्न सक्छ:

१. तपाईंको इलाकामा (उपलब्ध छ भने) भएको महिला संगठनलाई सम्पर्क गर्नुहोस् र थप जानकारी र मदत माग्‍नुहोस्।

२. यस्तो गर्न सम्भव छैन भने तपाईंले भरोसा गर्ने अख्तियारका कसैसित कुरा गर्ने कोसिस गर्नुहोस् (उदाहरणको लागि स्वास्थ्यकर्मी वा समाजका धार्मिक अगुवा) वा दाइजोको विवाद अनुभव गरेका अरू कुनै महिलासित कुरा गर्नुहोस्। तिनीहरूले तपाईंलाई मदत वा सुझाव दिन सक्छन् किनभने तपाईं मात्र यस्तो समस्या भोगिरहेको व्यक्ति होइन।

३. मदत गर्न इच्छुक छिमेकी र नातेदार को छ भनेर पत्ता लगाउने कोसिस गर्नुहोस्। थुप्रै मामिलामा सानो समूहको हस्तक्षेपले सासु-ससुराको व्यवहार तपाईंले सहनु हुँदैन भनेर थाह दिन पर्याप्त हुन सक्छ।

४. आफ्नो बुबाआमा, दाजुभाइ र अरू नातेदारसित कुरा गर्नुहोस्। किनभने परेको बेलामा तपाईंले पनि आफ्ना दाजुभाइलाई मदत गर्ने अधिकार भए जस्तै तिनीहरूको पनि मदत गर्ने अधिकार छ। तपाईंलाई दुर्व्यवहार र हिंसाबाट जोगाउन आवश्यक परेमा आफ्नो घर फिर्ता लाने तिनीहरूको कर्तव्य हो। तिनीहरूको मदत माग्दा तपाईं बोझ बन्दै वा भिख माग्दै हुनुहुन्छ भनेर नसोच्‍नुहोस्। किनभने तपाईंको जीवन बचाउने र नयाँ जीवन बनाउने तपाईंको बुबाआमा र नातेदारको प्रार्थमिकता हो। यदि उहाँहरू तपाईंलाई फिर्ता लग्‍न चाहनुहुन्‍न भने तपाईंलाई गरिने दुर्व्यवहारमा तिनीहरूको दोष छ र यदि तपाईंको हत्या भएमा तिनीहरूको पनि हात हुनेछ भनेर बताउनुहोस्।

५. तपाईं बस्‍ने देशमा दाइजो गैरकानुनी हो भने कस्तो प्रकारको कानुनी प्रक्रिया अपनाउनुपर्छ भनेर बुझ्नुहोस्। तर प्रहरी वा अदालत जानुअघि राम्ररी सोचविचार गर्नुहोस्, किनभने दु:खको कुरा दाइजो प्रथा अझै चलिरहेका थुप्रै देशमा कानुनी प्रणालीको शक्ति नचल्न सक्छ वा घुस लिने चलन भएकोले तपाईंको मेहनत पानीमा बग्‍न सक्छ। त्यसैले यस्तो किसिमको युद्ध लड्न बुद्धिमानीपूर्वक कदम चाल्नुपर्छ। सम्भव छ भने केही कदम चाल्नुअघि महिला संगठनलाई सम्पर्क गर्नुहोस्, किनभने तपाईं कत्तिको सफल हुनेछ भनेर तिनीहरूले बताउन सक्छन्।

महिलालाई मोलतोल गर्ने अधिकार कुनै पुरूषलाई छैन। अथवा विवाहमा तिनले कत्ति पैसा र सर-समाग्री ल्याउँछिन् त्यसको आधारमा तिनलाई स्विकार गर्ने वा इन्कार गर्ने अधिकार पुरूषलाई छैन। हरेक महिलालाई अन्य व्यक्तिलाई जस्तै आदर र सम्मानसहित व्यवहार गरिनुपर्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np021016