घर छोड्नुअघि मैले के कस्ता कुराहरूको तयारी गर्नु पर्छ

From Audiopedia
Revision as of 11:54, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

यदि घर छाड्ने निर्णय गर्नुभयो भने पछि आउन सक्‍ने नयाँ समस्याहरूको सामना गर्न तयार रहनुहोस्।

सुरक्षा महिलाको लागि सबै भन्दा खतरनाक समय भनेकै घर छाडेपछि हो। पुरुषले महिलामाथि दुर्व्यवहार गर्छ अनि महिलाले उसलाई छोडेर गएपछि फेरी महिलालाई पाउन उसले जे पनि गर्न सक्छ। पुरुषले महिलालाई म तिमीलाई मारीदिन्छु भनेर पनि धम्काउन सक्छ। त्यसैले महिलाले आफूलाई सुरक्षित ठाउँमा राखेको छ कि छैन पक्का गर्नुपर्छ, यसो गर्दा तिनी कहाँ बसिरहेकी छिन् भनेर पुरुषले थाहा पाउन सक्ने छैनन्। तिनले आफू कहाँ बसिरहेको छु भनेर कसैलाई थाहा दिनु हुँदैन। यदि ति महिला बसिरहेको ठाउँ थाहा भएमा उक्त पुरुषले सबैलाई घरी-घरी सोधेर कहाँ बसेको छ भन्‍ने कुरा थाहा पाउन सक्छ।

आफै बाँच्‍नुहोस् तपाईंले आफू र आफ्नो बच्चालाई जोगाउने तरिकाहरू पत्ता लगाउनु आवश्यक छ। यदि तपाईं आफ्ना साथी वा परिवारसँगै बस्‍न सक्‍नुहुन्छ भने आफूसँग भएको समयलाई सक्दो धेरै शिक्षा हासिल गर्न र व्यवहारिक सीप सिक्‍न प्रयोग गर्नुहोस्। पैसा जोगाउनको लागि आफूजस्तै समस्या भोगेका महिलाहरूसँगै मिलेर बस्‍नुहोस्।

भावनाहरू नयाँ जीवन सुरु गर्न तपाईंले थुप्रै कुराहरू गर्नु पर्दा निकै गाह्रो महसुस हुन सक्छ। नयाँ ठाउँमा आएर बस्‍नु पर्दा डर अनि एक्लोपन महसुस हुन सक्छ। आफ्नो जोडीले जस्तो व्यवहार गरेको भएपनि उसको याद आइरहन सक्छ। यस्ता कुराहरूले गर्दा तपाईंलाई गाह्रो हुन थाल्यो भने पहिला आफूले झेलेका समस्याहरू कति भयावह अर्थात गाह्रो थिए चटक्कै बिर्सन सक्छ अनि जे भएपनि पहिलाकै जीवन ठीक थियो कि जस्तो पनि लाग्‍न सक्छ। आफ्नो विगतको जीवन र आफ्नो जोडीलाई छोडेकोमा यस्तो महसुसु हुँदा धैर्य गर्नुहोस्। सहनसिल भएर बस्‍ने प्रयास गर्नुहोस्। आफ्नो जस्तै दु:ख भोगेका महिलाहरूलाई भेट्नुहोस्। यसो गर्नुभयो भने तपाईंहरूले एक अर्कालाई बलियो बनाउन सक्‍नुहुने छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020119