म कसरी आफ्नो बच्चालाई जल्नबाट जोगाउन सक्छु

From Audiopedia
Revision as of 11:54, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

तातो तरल पदार्थ वा खानेकुराद्वारा जल्नबाट जोगाउन:

  • पकाउने भाँडाको समात्‍ने बिंड (ह्यान्डल) बच्चाले भेट्न नसक्नेगरि अर्कैतिर फर्काउनुहोस्।
  • तातो खानेकुरा अनि झोल कुराहरूलाई बच्चाले पुग्‍न नसक्‍ने सुरक्षित ठाउँमा राख्नुहोस्।
  • बाथरुममा बच्चाहरूलाई आफै तातो पानी खोल्न दिने वा नुहाउन दिने नगर्नुहोस्।
  • बच्चाले तातो पानी खोलि हालेमा पनि उसलाई नपोलोस भनेर पहिल्यै पानीको तापक्रम अलि कम वा ठिक्क अवश्थामा मिलाएर राख्नुहोस्।
  • भान्सामा खाना तयार गरिरहेको बेला वा तातो कुनै पिउने कुरा तयार गरिरहेको बेला यताउता दौडेर खेल्नुहुँदैन भनेर सिकाउनुहोस्।
  • तातो झोल वा खानेकुरा समातिरहेको बेला बच्चाहरूलाई समात्‍ने नगर्नुहोस्।
Sources