खोप लगाउनु किन धेरै महत्त्वपूर्ण छ

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

सजिलै उपलब्ध हुने खोपद्वारा रोक्न सकिने रोगहरूको कारण पनि हरेक वर्ष १४ लाख भन्दा धेरै बालबालिकाको मृत्यु हुने गर्छ।

खोप लगाएमा यसले बच्चाहरूलाई सबै भन्दा खतरनाक रोगहरूबाट समेत जोगाउँछ। अशक्तता भएको बच्चा लगाएत सबै बच्चाहरूले खोप लगाउनु आवश्यक छ। बच्चाहरूलाई सुई लगाएर वा मुखबाट खुवाएर खोप दिन सकिन्छ र उनीहरूलाई रोगहरूबाट जोगाउन सकिन्छ। यस्ता खोपहरूले रोग बिरुद्ध लड्ने बच्चाहरूको क्षमतालाई बलियो बनाउँछ। रोग लाग्‍नुअघि नै यस्ता खोपहरू लगाएमा मात्र यसले काम गर्छ।

खोप नलगाएका बच्चाहरूलाई दादुरा र लहरे खोकी लाग्‍ने सम्भावना धेरै हुन्छ र अन्य रोगहरूको कारण ज्यान जान सक्छ। यस्ता रोगहरू लागेका बच्चाहरू बाँच्‍न सफल भए तापनि उनीहरू कमजोर हुन्छन् र शारिरीक विकास पनि राम्रो हुँदैन। तिनीहरू सधैंको लागि अशक्त पनि हुने सम्भावना हुन्छ। कुपोषण र अन्य विरामीको कारण पछि उनिहरूको मृत्यु हुन सक्छ।

खोपले बच्चाहरूलाई अशक्त बनाउने वा मृत्युसम्म पुर्‍याउने खतरनाक रोगहरूबाट जोगाउन सक्छ। यस्तो सुरक्षा सबै बच्चाहरूले पाउनै पर्छ, यो तिनीहरूको अधिकार हो।

प्रत्येक छोरा र छोरीलाई सबै खोपहरू लगाइदिनुपर्छ। तिनीहरूलाई सुरु-सुरुमा चाहिं सुरक्षित राख्‍न गाह्रो हुन्छ। बच्चाहरूलाई विशेषगरि पहिलो वा दोस्रो वर्षमा खोपहरू लगाउनु महत्त्वपूर्ण छ। साथै, गर्भवती महिला र भर्खरै जन्मेको बच्चालाई टिटानसको खोप लगाउनु अत्यावश्यक हुन्छ।


Sources