मुटु पोल्ने वा अपच हुन नदिन के गर्न सकिन्छ

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

मुटु पोल्ने समस्याले गर्दा घाँटी र छातीमा समेत पोलेको महसुस हुन्छ। यस्तो अवस्था गर्भावस्थाको अन्ततिर झन धेरै हुन्छ, विशेषगरि खाना खाएपछि वा पल्टिंदा यस्तो हुने गर्छ।

यसो हुन नदिन के गर्न सकिन्छ?

  • एकै पटकमा धेरै खानुभन्दा थोरै-थोरै गरेर धेरै पटक खाने गर्नुहोस्।
  • मसला वा चिल्लो धेरै भएको खानेकुरा नखानुहोस्।
  • पानी र केही नमिसाइएको अरू तरल पदार्थ धेरै पिउनुहोस्।
  • खाने बित्तिकै पल्टिने नगर्नुहोस्।
  • सुत्दा पेट भन्दा टाउको माथि उठेको हुनुपर्छ।
  • एक कप दूध वा दही खानुहोस्, एक गिलास पानीमा सोडा वा क्याल्सियम
 कार्बोनेट राखेर पिउनुहोस् (एन्टासिड)।
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010709