व्यक्तिगत सरसफाइमा ध्यान दिंदा कसरी बिरामी हुनबाट जोगिन सकिन्छ

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

यदि सम्भव छ भने साबुन र सफा पानीले हरेक दिन धुनुहोस। साथै:


  • खाना खानु वा पकाउनुअघि, दिशा पिसाब गरिसकेपछि अनि बच्चा वा कुनै
 बिरामी व्यक्तिको स्याहार सुसार गरिसकेपछि आफ्नो हात धुनुहोस्।
  • हरेक दिन आफ्नो यौन अङ्गहरू हल्का साबुन पानीले धुनुहोस्। तर योनी एकदम
 धेरै नधुनुहोस्। योनीले थोरै मात्रामा तरल पदार्थ निकालेर भिजाउँछ र आफ्नो 
 सफाइ आफै गरेर सुरक्षा गर्छ। धेरै पटक बेस्सरी योनी धुनाले यसलाई सुरक्षा दिने 
 तरल पदार्थ हट्छ, जसले गर्दा महिलाहरूलाई योनीमा संक्रमण हुन सक्छ।
  • यौन सम्बन्ध राखेपछि पिसाब गर्नुहोस्। यसो गर्दा पिसाब प्रणालीको संक्रमण
 हुनबाट बच्‍न सकिन्छ (तर यसो गर्नाले गर्भधारण हुनबाट भने जोगाउन सक्दैन)
  • दिशा गरिसकेपछि राम्ररी पुछ्नुहोस् वा धुनुहोस्। सधैं अगाडिबाट पछाडि तिर
 पुछ्नुहोस्। पछाडिबाट अगाडितिर पुछ्नाले किटाणुहरू वा जुका पिसाब गर्ने 
 ठाउँमा वा योनीमा छिर्न सक्छ। 


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010113