म मधुमेह कसरी नियन्‍त्रण गर्न सक्छु

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

तपाईंलाई मधुमेह टाइप २ लागेको छ भने रगतमा चीनीको मात्रा जाँच गराउन स्वास्थ्यकर्मीलाई भेट्नुहोस् र औषधी सेवन गर्नुपर्छ वा पर्दैन, पक्का गर्नुहोस्। तपाईंले खानामा ध्यान दिनुभयो भने पनि मधुमेह नियन्‍त्रण गर्न सकिन्छ:

  • थोरै मात्रामा भोजन पटक पटक खानुहोस्। यसले रगतमा चीनीको मात्रा
 एकैनास राख्‍न मदत गर्छ।
  • गुलियो खानेकुरा धेरै नखानुहोस्।
  • तपाईंको वजन धेरै छ भने वजन कम गर्ने प्रयास गर्नुहोस्।
  • चिल्लो धेरै भएको खानेकुरा नखानुहोस् (उदाहरणको लागि, नौनी, घिउ, बोसो र

तेल), पर्याप्त खानेकुरा छैन भने चिल्लो खानेकुरा भए पनि खान सकिन्छ।

  • मधुमेहको लागि उपयोगी बिरूवाहरू तपाईं बस्‍ने इलाकामा पाउन सकिन्छ
 होला। कुनै स्वास्थ्यकर्मीलाई सोध्नुहोस्।

सम्भव छ भने नियमित रूपमा आफ्नो अवस्थाबारे थाह पाउन स्वास्थ्यकर्मीलाई जचाउनुपर्छ।

संक्रमण र छालामा चोटपटक लाग्‍न नदिन खाएपछि आफ्नो दाँत सफा गर्नुहोस्, आफ्नो छाला सफा राख्‍नुहोस्। साथै खुट्टामा चोटपटक नलागोस् भनेर सधैं जुत्ता लगाउनुहोस्। तपाईंको हात वा खुट्टामा घाउ छ कि भनेर हेर्न दिनमा एक पटक हातखुट्टा जाँच गर्नुहोस्। यदि घाउ छ र त्यहाँ संक्रमण (रातो, सुन्‍नेको, वा तातो) भएको संकेत देखिन्छ भने स्वास्थ्यकर्मीलाई भेट्नुहोस्।

सम्भव हुने बित्तिकै आफ्नो खुट्टा माथि राखेर आराम गर्नुहोस्। खुट्टाको रंग गाढा छ र लाटो महसुस हुन्छ भने यस्तो गर्नु अझ धेरै महत्त्वपूर्ण छ। यस्ता संकेतहरूले तपाईंको खुट्टामा रक्तसञ्‍चार त्यत्ति राम्रो छैन भन्‍ने कुरा देखाउँछ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010422