डायफ्रेग्म कसरी प्रयोग गर्न सकिन्छ

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

१. शुक्रकिट मार्ने क्रिम तपाईंसित छ भने त्यसलाई बीचमा थिच्‍नुहोस् अनि औंलाले दायाँ-बायाँ डल्नुहोस्।

२. डायफ्रेग्मलाई आधा बनाएर थिच्‍नुहोस्।

३. योनीको बाहिरी भागलाई अर्को हातले खोल्नुहोस्। डायफ्रेग्मलाई योनीमा छिराउनुहोस्। यसलाई ढाडतिर ढकेल्दा राम्ररी काम गर्न सक्छ।

४. तपाईंको डायफ्रेग्म ठ्याक्क मिलेको छ कि छैन भनेर थाहा पाउन एउटा औंला योनीको भित्र राखेर डायफ्रेग्मको रबर भएर गर्भाशयलाई महसुस गर्नुहोस्। गर्भाशय तपाईंको नाकको टुप्पो जस्तै कडा भएको महसुस हुन्छ। डायफ्रेग्मले तपाईंको गर्भाशयलाई ढाक्नुपर्छ।

५. डायफ्रेग्म सही ठाउँमा राख्नुभएको छ भने त्यो भित्र छ जस्तो महसुस हुँदैन।

६. यौन सम्बन्ध राखेपछि डायफ्रेग्मलाई कमसेकम ६ घण्टासम्म भित्रै रहन दिनुहोस्।

तपाईंले २४ घण्टासम्म यसलाई भित्र राखिरहन सक्नुहुन्छ। यसलाई महिनावारीको बेला पनि प्रयोग गर्न सकिन्छ, तर यसलाई निकालेर सफा गरिरहनुपर्छ। महिनावारीको बेला तपाईंले जति पटक टालो फेर्नुहुन्छ, त्यति नै पटक डायफ्रेग्म निकालेर सफा गर्नुपर्छ।

डायफ्रेग्म निकाल्नको लागि:

तपाईंको औंला योनीमा राख्नुहोस्। डायफ्रेग्मको तल्लो भागको पछाडिपट्टि समात्‍नुहोस् र तलतिर तानेर बाहिर निकाल्नुहोस्। तपाईंले दिशा गर्न जसरी कन्‍नुहुन्छ त्यसरी नै डायफ्रेग्म निकाल्न गर्नुहुँदा कहिलेकाहीं मदतकारी हुन सक्छ। अनि निकालिसकेपछि यसलाई साबुन-पानीले सफा गरेर सुकाउनुहोस्। यसमा प्वाल परेको छ कि भनेर जाँच गर्न उज्यालोमा लगेर हेर्नुहोस्। सानो मात्र प्वाल भए पनि तपाईंले नयाँ किन्‍नुपर्ने हुन्छ। डायफ्रेग्मलाई सफा र सुख्खा ठाउँमा राख्नुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020415