रक्तअल्पताबाट जोगिन के गर्नुपर्छ

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

  • मलेरिया, परिजीवी वा जुकाले गर्दा रक्तअल्पता भएको हो भने पहिला यसको
 उपचार गराउनुहोस्।
  • आइरन प्रशस्त भएको खानेकुरा भिटामिन ए र सि प्रशस्त भएका खानेकुरासितै
 खानुहोस्। यसो गर्दा शरीरले आइरन राम्ररी सोस्छ। अमिलो फलफुल र 
 गोलभेंडामा भिटामिन सि प्रशस्त हुन्छ। गाढा पहेंलो तरकारी र हरियो 
 सागपातमा धेरै भिटामिन ए हुन्छ। यदि कुनै महिलाले प्रशस्त आइरन भएको 
 खानेकुरा खान सक्दैनिन् भने तिनले आइरन चक्की खानुपर्छ।
  • कालो चिया वा कफी वा अन्‍नको चोकर नखानुहोस्। शरीरले आइरन सोस्‍ने
 प्रक्रियालाई यी कुराहरूले रोक्न सक्छ।
  • किटाणुले गर्दा हुने संक्रमण रोक्न सफा पानी पिउनुहोस्।
  • दिशा गर्दा शौचालयको प्रयोग गर्नुहोस्। यसो गर्दा दिशामा भएका जुकाको
 अण्डा अरू खानेकुरा र पानीको मुहानमा फैलन पाउँदैन। तपाईं बस्‍ने 
 इलाकामा जुका (हुकवोर्म) लाग्‍नु सामान्य हो भने जुत्ता लगाउनुहोस्।
  • एउटा बच्चा जन्माइसकेपछि अर्को बच्चा जन्माउन २ वर्ष पर्खनुहोस्। यसो
 गर्नुभयो भने तपाईंको शरीरले गर्भधारणको समयको बीचमा केही आइरन 
 सञ्‍चय गर्ने मौका पाउँछ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010417