आफ्नो दाँतको ख्याल कसरी राख्‍न सक्छु

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

दाँतको राम्रो ख्याल राख्‍नु निकै महत्त्वपूर्ण छ। किनभने:

  • खाना चपाउन र राम्ररी पचाउनको लागि बलियो र स्वस्थ दाँत निकै आवश्यक
 छ।
  • दाँतको राम्रो ख्याल गर्दा क्याभिटीको कारण दुख्‍ने (कुहिएर दाँतमा
  प्वाल पर्ने) र गिजामा आउने समस्या हटाउन सकिन्छ। 
  • दाँतको सरसफाइमा ध्यान दिइएन भने दाँत सड्ने वा कुहिने हुन्छ। यसले गर्दा
  गम्भीर संक्रमण हुन सक्छ र शरीरका अन्य भागमा पनि असर गर्न सक्छ।
  • दाँतको ख्याल नगर्ने प्रायजसो व्यक्तिहरूले बुढो भएपछि आफ्नो दाँत
  गुमाउँछन्। 

दिनमा दुई पटक राम्ररी दाँत माझ्नुपर्छ। यसो गर्दा दाँत सडाउने किटाणुहरू हटाउनुका साथै दाँत झर्नबाट पनि जोगिन्छ। दाँतको सम्पूर्ण भाग अगाडि पछाडि अनि दाँतको बीचमा र गिजाको मुनी राम्ररी सफा गर्नु पर्छ। नरम ब्रस, दाँत कोट्ट्याउने अथवा एउटा खस्रो कपडा औंलामा बेरेर दाँत सफा गर्नुहोस्। दन्त मञ्‍जन प्रयोग गर्नु राम्रो हो, तर आवश्यक नै छ भन्‍ने होइन। नुन, बेकिङ सोडा वा सादा र सफा पानीले दाँत माझ्दा पनि राम्रो हुन्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010115