स्वस्थ रहन मैले कस्ता चिजहरू प्रयोग गर्नुहुँदैन

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

मानिसहरू जीवनमा हरेक दिन थुप्रै प्रकारका तत्त्वहरू प्रयोग गर्छन्। कुनै ठाउँहरूमा लागू औषध वा पेय पदार्थ जस्ता चिजहरूले परम्परामा महत्त्वपूर्ण भूमिका खेलेको हुन्छ। अन्य ठाउँहरूमा भने खानासँगै रक्सी, वाइन, वा बियर जस्तै पेय पदार्थहरू दिने गरिन्छ। लागू पदार्थ अनि रक्सीलाई प्रायजसो चाडपर्व वा सामाजिक जमघटहरूमा समावेश गरिन्छ। अनि केही लागू पदार्थलाई औषधीको रुपमा पनि प्रयोग गरिन्छ। थुप्रै मानिसहरूले रक्सी र सुर्तीजन्य पदार्थलाई हानीकारक ठान्दैनन्।

केही लागू पदार्थलाई हानिकारक तरिकाहरूमा प्रयोग गरिन्छ। ती हुन्:

  • रक्सी: मदिराजन्य पेय पदार्थ, बियर, कडा रक्सी, लिक्क्‍वेर वा रक्सी, वाइन
  • कोकिन, हिरोइन, ओपिउम, मेथामफेटामाइन
  • सुपारी, खट (चपाउन प्रयोग गरिने पात), सुर्तीको पात
  • गाँजा र भाङ्
  • शरीरको वजन घटाउन वा निन्द्रा लाग्‍न नदिनको लागि खाने चक्की
  • औषधीहरू, विशेषगरि दुखाइ कम गर्ने वा निन्द्रा लगाउने वा आराम
महसुस गराउने
  • ग्लु, इन्धन र सोल्भेन्ट्स (एक प्रकारको घुलनशिल लागू पदार्थ)
Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010302