सरसफाइ गर्नाले किटाणुहरू कसरी फैलिन पाउँदैनन्

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

किटाणुहरू फैलिन नदिन र बिरामी हुनबाट बच्‍नको लागि समाज अथवा टोल सफा (स्वच्छ) राख्नु, घर सफा राख्नु र व्यक्तिगत रुपमा पनि सफा रहनु महत्त्वपूर्ण छ।

उदाहरणको लागि:

  • परजीवी संक्रमित व्यक्तिले बाहिर झाडापखाला गर्छ।
  • सुङ्गुरले उक्त मानिसको दिशा खान्छ।
  • त्यही व्यक्तिको कुनै बच्चा सुङ्गुरसित खेल्छ र उक्त बच्चाको
  जिउमा दिशा लाग्छ।
  • केही समय पछि उक्त बच्चा रुन थाल्छ र उसको आमाले आफ्नो
  स्कर्ट वा लुगाले बच्चाको फोहोर सफा गरिदिन्छिन्। उनको हातमा पनि दिशा 
  लाग्छ।
  • ती आमा निकै व्यस्त भएकोले, आफ्नो हातै नधोइ खाना पकाउन थाल्छिन्। हात
 नोपोलोस भनेर आफ्नो स्कर्ट वा लुगा प्रयोग गर्छिन्, लुगा फोहोर छ भन्‍ने कुरा 
 भुसुक्कै बिर्सिहाल्छिन्।
  • परिवारका सबैले खाना खान्छन्। केही बेरपछि सबैलाई पखाला लाग्छ।

यदि यस परिवारले यीमध्ये कुनै पनि सावधानी अपनाएको भए यस्तो बिमारीलाई रोक्न सकिन्थ्यो:

  • उक्त व्यक्तिले दिशा गर्न शौचालय प्रयोग गरेको भए।
  • सुङ्गुरलाई छाडा नछोडेको भए।
  • यदि आमाले बच्चाको हात पुछिदिन आफ्नो स्कर्ट वा लुगा प्रयोग नगरेको भए
 अनि त्यसपछि खानेकुरा नछोएको भए।
  • यदि आमाले आफ्नो बच्चालाई छोएपछि र खाना पकाउनुअघि आफ्नो हात
 धोएको भए। 


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010105