क्यान्सर भनेको के हो

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

क्यान्सर एउटा गम्भीर रोग हो, जसले शरीरका विभिन्‍न भागमा असर गर्न सक्छ। यसको उपचार जति सक्दो चाँडै गरियो भने त्यत्ति नै चाँडै निको हुने सम्भाव हुन्छ। तर लामो समय केही गरिएन भने यसले मृत्यु निम्त्याउँन सक्छ। क्यान्सर लागेका धेरैजसो मानिसहरू मध्ये, विशेषगरि स्वास्थ्य स्याहार कम पाउनेहरूको मृत्यु हुन्छ।

सबै जीवित प्राणीहरू जस्तै मानिसको शरीर स-साना कोषिकाहरू मिलेर बनेको हुन्छ। यी कोषिकाहरूलाई माइक्रोस्कोपले (शुक्ष्मदर्षक यन्त्र) मात्र हेर्न सकिन्छ। कहिलेकाहीं यी कोषिकाहरू परिवर्तन हुन्छन् र असामान्य रूपमा बढ्दै जान्छन्, जसले गर्दा मासु पलाउँछ अर्थात ट्युमर पलाउँछ। कुनै-कुनै ट्युमर उपचारविना नै आफै बिलाएर जान्छ भने कुनै-कुनै चाहिं धेरै ठूलो भएर वा फैलिएर स्वास्थ्य समस्या बन्‍न पुग्छ। कुनै ट्युमर बढेर क्यान्सर हुन्छ भने कुनै चाहीं हुँदैन।

जब कुनै कोष नियन्‍त्रण गर्नै नसक्ने गरी बढेर शरीरको भागमा ठाउँ ओगट्न थाल्छ, त्यतिखेर क्यान्सर सुरू भयो भन्‍न सकिन्छ। क्यान्सर चाँडै पत्ता लागेको खण्डमा त्यसलाई शल्यक्रिया गरेर हटाउन सकिन्छ वा औषधी वा रेडिएशनद्वारा उपचार गर्न सकिन्छ। यसरी क्यान्सर निको गर्ने सम्भावना धेरै हुन्छ। तर क्यान्सर फैलिसकेको छ भने निको पार्न धेरै गाह्रो हुन्छ र पछि असम्भव नै हुन्छ।

महिलाहरूलाई प्राय गर्भाशय, स्तन र पाठेघरको क्यान्सर हुन्छ। पुरूष र महिला दुवैलाई लाग्‍ने सामान्य क्यान्सर चाहिं फोक्सो, आन्द्रा, कलेजो, पेट, मुख र छालाको हो।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np011402