सुरक्षित तरिकामा कसरी यौन सम्बन्ध राख्‍ने

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

आफूलाई एच.आइ.भि र अरू यौनजन्य रोगबाट जोगाउनुहोस्: तपाईंको जोडीको र तपाईंको यौन अङ्गको सम्पर्क हुनुअघि नै ल्याटेक्स् कन्डमको प्रयोग गर्नुहोस्।

हुन त यौन सम्बन्ध राख्दा जोखिम त हुन्छ, तर यसलाई सुरक्षित बनाउने तरिकाहरू पनि छन्। हामी त्यसैले ‘सुरक्षित’ शब्द प्रयोग गर्छौं, किनभने यसले मानिसहरूमा जोखिम कम गर्छ तर जोखिम हुँदै नहुँने चाहीं होइन भनेर सम्झाउँछ। तर, सुरक्षित तरिकामा राखिने यौन सम्बन्धले तपाईंको जीवन जोगिन सक्छ।

हरेक महिलाले आफू कत्तिको जोखिम लिन इच्छुक छु र सुरक्षित तरिकामा यौन सम्बन्ध राख्‍न कस्ता कदम चाल्न सक्छु भनेर आफैले निर्णय गर्नुपर्छ। जोखिम कम गर्ने विभिन्‍न तरिकाहरू यस प्रकार छन्:

धेरै सुरक्षित:

  • यौन सम्बन्ध नराख्‍ने। यौन सम्बन्ध राख्नु भएन भने यौनजन्य संक्रमण हुने कुनै
 खतरा हुँदैन। केही महिलाहरूलाई यो सबैभन्दा सही तरिका लाग्‍न सक्छ, 
 विशेषगरि तिनीहरू जवान छँदा। तर धेरैजसो महिलाहरूलाई यो कुरा सम्भव 
 हुँदैन वा तिनीहरूको यस्तो चाहना नहुन सक्छ।
  • एकै जनासित मात्र यौन सम्बन्ध राख्नुहोस्। यदि उक्त व्यक्तिले तपाईंसित मात्र
 यौन सम्बन्ध राख्छ वा तपाईंहरू दुवै पहिलेको जोडीबाट संक्रमित हुनुहुन्‍न भन्‍ने 
 कुरा पक्का छ भने मात्र तपाईंहरूको बीच सुरक्षित यौन सम्बन्ध हुन्छ।
  • हातले यौन अङ्ग छोएर यौन सम्बन्ध राख्‍न सकिन्छ। (हस्तमैथुन)
  • मुखद्वारा यौन सम्बन्ध राख्दा पनि कन्डम प्रयोग गर्नुहोस्। ल्याटेक्स् वा
 प्लास्टिकले गर्दा हर्पस र गोनरिया जस्ता संक्रमण लाग्‍न पाउँदैन। साथै, मुखमा 
 भएको सानो घाउले एच.आइ.भि संक्रमण हुनदेखि पनि जोगाउँछ।

सुरक्षित:

  • यौनी वा मलद्वार मार्फत यौन सम्बन्ध राख्दा सँधै पुरूष वा महिलाले ल्याटेक्स्
 कन्डम प्रयोग गर्नु बेस हो।
  • तपाईंको जोडीको शरीरको तरल पदार्थ तपाईंको यौनी वा मलद्वारमा प्रवेश हुन
 नपाउनेगरि यौन सम्बन्ध राख्नुहोस्। मुखमार्फत यौन सम्बन्ध राख्दा एच.आइ.भि 
 सर्ने खतरा कम हुन्छ। मुखमा वीर्य परेमा तुरून्तै थुक्नुहोस् वा निल्नुहोस्।

जोखिम कम गर्ने अन्य तरिकाहरू:

  • लिङ्गबाट वीर्य निस्कनुअघि नै पुरूषले आफ्नो लिङ्ग निकाल्ने। तिनलाई
 एच.आइ.भि लागेको छ भने यसो गर्दा पनि तपाईंलाई सर्न सक्ने सम्भावना हुन्छ र 
 तपाईंले गर्भधारण गर्ने सम्भावना पनि हुन्छ। तर थोरै वीर्य प्रवेश गर्ने भएकोले 
 यस्तो हुने सम्भावना कम हुन्छ।
  • डायफ्र्यागम् अर्थात् छाती र पेट बीचको मांशपेशीको प्रयोग गर्नाले पनि जोखिम
 कम हुन्छ।
  • सुख्खा छ भने यौन सम्बन्ध नराख्नु बेस हुन्छ। यौनी (वा मलद्वार) सुख्खा छ भने
 सजिलै यसको झिल्ली (छाला) च्यातिन्छ र संक्रमण हुने सम्भावना धेरै हुन्छ। राल 
 (थूक), स्पर्मीसाइड वा लुब्रिकेन्ट प्रयोग गरेर यौनीलाई चिप्लो बनाउन सकिन्छ। 
 तपाईं कन्डम प्रयोग गर्दै हुनुहुन्छ भने तेल, क्रिम वा पेट्रोलियम जेल प्रयोग 
 नगर्नुहोस्, किनभने यी कुराहरूले कन्डम च्यातिने सम्भावना धेरै हुन्छ।
  • कुनै यौनजन्य संक्रमण लागेको छ भने तुरून्तै उपचार गर्नुहोस्। एउटा यौनजन्य
 संक्रमण लागेको छ भने सजिलै एच.आइ.भि वा अरू यौनजन्य रोग सर्न सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010510