छोराछोरीको विषयमा कस्ता विवाद हुन सक्छन्

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

थुप्रै देशमा महिलाहरूको महत्त्व हुँदैन वा तिनको परिवारले तिनलाई आदर गर्दैनन्। धेरै परिवारमा विशेषगरि विकासोन्मुख देशहरूमा छोरीभन्दा छोराको चाहना धेरै गरिन्छ, किनभने छोराले भविष्यमा गएर वृद्धावस्थामा बुबाआमाको ख्याल राखेको आशा गरिन्छ। त्यसैले छोरीलाई भन्दा छोरालाई उपलब्ध सबै स्वास्थ्यको हेरचाह र शिक्षा दिइने चलन छ। तर आजकल थुप्रै महिलाहरू यस्तो प्रचलनसित सहमत छैनन्; तिनीहरू आफ्ना छोरीहरूको लागि राम्रो जीवन चाहन्छन्। साथै, छोरा होस् वा छोरी दुवैलाई बराबरी व्यवहार गर्न र शिक्षा दिनुका साथै परम्परालाई चुनौती दिन र आफ्ना श्रीमान्‌सित यसबारे कुरा गर्न महिलाहरू तयार छन्।

छोरीहरू परिवार र समाजको लागि बोझ हुन भनेर फैलिएको गलत धारणाले गर्दा, संसारमा गैरकानूनी भए तापनि धेरै देशमा गर्भवती महिलालाई गर्भमा छोरी भएमा जबरजस्ती गर्भपतन गर्न लगाइन्छ र कहिलेकाहीं त साना केटीहरूलाई खाना नदिएर र अरू आवश्यक स्वास्थ्य उपचार नदिएर अप्रत्यक्षरूपमा तिनीहरूको हत्या गरिन्छ। उदाहरणको लागि भारतमा वर्षमा लगभग ७ लाख ५० हजार केटीहरूको गर्भपतनद्वारा हत्या गरिन्छ। त्यसैले केटीहरूलाई बचाउन नै महिलालाई गाह्रो हुन्छ।

विकासोन्मुख देशहरूमा महिलाले छोरा नै जन्माउनुपर्ने दबाब धेरै हुन्छ र यो डरलाग्दो विषय हो। यदि महिलाले छोरी जन्माउन सफल भइनन् भने तिनलाई नराम्रो व्यवहार (श्रीमान्‌, ससुराली वा अरू परिवारका सदस्यद्वार) गरिन्छ, यातना दिइन्छ वा घरबाट समेत निकालिन्छ। महिलाहरूलाई दोषी महसुस गराइन्छ र तिनीहरूको आदर अझै कम हुन्छ।



Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np021009