मासिक रक्तस्रावमा परिवर्तन के कारणले गर्दा हुन्छ

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

बिरामी, तनाव, गर्भावस्था, स्तनपान, लामो यात्रा, धेरै काम वा खानामा परिवर्तन भएकोले गर्दा, मासिक रक्तस्राव समय-समयमा परिवर्तन हुनु सामान्य कुरा हो। तर यदि मासिक रक्तस्रावमा अचानक परिवर्तन आउँछ भने, केही महिनासम्म रक्तस्राव भइरहन्छ भने वा यससितै अन्य समस्याहरू देखा परेमा गम्भीर समस्या भएको संकेत हुन सक्छ।

यदि मासिक रक्तस्रावमा अचानक परिवर्तन आएमा, परिवार नियोजनको विधि अपनाइएको भए तापनि गर्भधारण हुने सम्भावना हुन्छ भन्‍ने कुरा सधैं मनमा राख्‍नुहोस्।

कहिलेकाहीं अण्डाशयले अन्डाहरू निकाल्दैन। यस्तो भएमा शरीरले प्रोजेस्टेरोन थोरै पैदा गर्छ। यसले गर्दा महिनावारी कति पटक हुन्छ अनि कति मात्रामा रगत बग्छ भन्‍ने कुरालाई असर गर्छ। किशोरीहरूको महिनावारी भर्खरै सुरू भएको छ वा कुनै महिलाले भर्खरै मात्र स्तनपान गराउन छाडेकी छिन् भने केही महिनाहरूमा मात्र रक्तस्राव हुने वा एकदम थोरै वा एकदम धेरै रक्तस्राव हुन सक्छ। समय बित्दै गएपछि उनीहरूको महिनावारीको चक्र नियमित हुँदै जान्छ।

कुनै महिलाले परिवार नियोजनको लागि हर्मोन लिएकी छिन् भने कहिलेकाहीं महिनाको बीचमै रक्तस्राव हुन सक्छ।

अधबैंसै महिला जसको महिनावारी अझै रोकिसकेको छैन भने महिनावारी हुँदा रक्तस्राव जवान अवश्थामा भन्दा धेरै हुन सक्छ। महिनावारी रोकिने समय हुन लागेको बेलामा केही महिना महिनावारी रोकिन्छ अनि केही महिनापछि फेरि सुरु हुन पनि सक्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010217