म आफ्नो बच्चालाई पानीमा डुब्‍नदेखि कसरी जोगाउन सक्छु

From Audiopedia
Revision as of 11:31, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

बच्चाहरू दुई मिनेट भन्दा कम समयमै र थोरै पानीमा डुब्‍न सक्छन्, यस्तो बाथटबको पानीमा समेत हुन सक्छ।

यसरी पानीमा डुब्दा मस्तिष्कमा क्षति पुग्‍ने वा मृत्यु हुने हुन सक्छ। बच्चाहरूलाई डुब्‍नबाट जोगाउने हो भने तिनीहरू पानीको छेउमा वा पानीमा हुँदा बच्चाको अभिभावक वा रेखदेख गर्ने व्यक्तिले राम्रोसँग हरिराख्‍नुपर्छ।

नजिकै पानी छ भने यसो गर्नु महत्त्वपूर्ण छ:

  • बच्चाहरूले खोल्न नसक्‍नेगरि राम्रोसँग इनार र पानी ट्याङ्कीको ढक्कन लगाउनुहोस्।
  • प्रयोग नगरिएको बेलामा टब र बाटालाई घोप्‍टो पारेर राख्‍नुहोस् बच्चाहरू नुहाइरहेको बेला सधै राम्ररी तिनीहरूलाई ध्यान दिनुहोस्।
  • खाल्टो वा ढलदेखि टाढै बस्‍नुपर्छ भनेर बच्चाहरूलाई सिकाउनुहोस्।
  • कुनै परिवार बस्‍ने घर नजिकै पोखरी, ताल र खोला छ भने बच्चाहरूलाई पानीमा जान नदिन घर वरिपरि बार लगाउनुहोस् र गेट बन्द गर्नुहोस्।
  • पोखरी र स्वीमिङपुल वरपर ठाडो रेलिङ्हरू नजिक-नजिक जडान गर्दा बच्चा छिर्न सक्दैन र तिनीहरू पानीमा जान सक्दैन।
  • कुनै परिवार पानी नजिकै बस्छन् भने बच्चालाई पानीमा खस्‍न नदिन बरन्डा, झ्याल र ढोकामा बार लगाउनुहोस्।
  • सानो छँदा नै बच्चाहरूलाई पौडीन सिकाउनुहोस्।
  • पौडिन नसक्‍ने साना वा ठूला बच्चाहरू डुङ्गा वा पानीमा खेल्दा तिनीहरूले पानीमाथि तैरिने लाइफ ज्याकेट लगाउनुपर्छ।
  • पौडी खेलिरहेका बच्चाहरूलाई सधैं ध्यान दिनुहोस्।
  • जोडले बगिरहेको खोला कहिल्यै पौडी खेल्नु हुँदैन र बाढी आउने क्षेत्रतिर एक्लै पौडिनु हुँदैन भनेर बच्चालाई सिकाउनुहोस्।
  • पानी बढ्न थाल्यो भने होसियार हुनुहोस् र बच्चाहरूलाई ध्यान दिनुहोस्।
  • यदि कुनै कारणले गर्दा तुरुन्तै घर छाड्नु पर्‍यो भने कुन ठाउँमा जानु सुरक्षित हुन्छ भन्‍ने विषयमा हुर्किसकेका बच्चाहरू समेत परिवारका सबै सदस्यहरूलाई जानकारी गराउनुपर्छ।



Sources