कुटपिट गर्ने पुरुषसित किन महिला बसिरहन्छिन्

From Audiopedia
Revision as of 10:31, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

धेरै जसो मानिसहरूले कुनै महिलालाई दुर्व्यवहार गरिन्छ भन्‍ने कुरा थाहा पाएपछि, त्यसोभए "उनी किन त्यो व्यक्तिसँग बस्छिन्?" भनेर पहिलो प्रश्‍न सोध्‍ने गर्छन्। कुनै महिलाले दुर्व्यवहार सहेरै भएपनि त्यही व्यक्तिसँग बस्‍ने छनौट गर्नुका थुप्रै कारणहरू हुन सक्छन्। ती कारणहरू यस्ता छन् :

  • डर र धम्की: यदि मलाई छोडिस भने "म तलाई मार्दिन्छु, बच्चालाई पनि मार्दिन्छु, तेरो आमालाई पनि मार्दिन्छु भनेर पुरुषले धम्काउन सक्छ।" तिनले आफू र अरुलाई बचाउन जसरी भएपनि यही व्यक्तिसित बस्छु भनेर सोचेकि हुन सक्छिन्।
  • पैसा छैन अनि जाने ठाउँ पनि कहीं छैन: यदि विशेषगरि पुरुषले सबै पैसा आफूसँग राख्छ अनि आफ्नो परिवार अनि साथीहरूलाई पनि भेट्न दिंदैन भने साँच्चै यस्तो अवश्था हुन सक्छ।
  • सुरक्षित छैन: उसलाई छोडेर गए भने पनि उसले मलाई भेट्‍टाएर मार्न सक्छ।
  • लाज: हिंसात्मक व्यवहार हुनुमा आफ्नै गल्ती छ र आफू त्यस्तै व्यवहार पाउन लायकको छु जस्तो लाग्‍न सक्छ।
  • धार्मिक वा सांस्कृतिक विश्‍वास: विवाहलाई जोगाइ राख्‍ने आफ्नो जिम्मेवारी हो जस्तो लाग्‍न सक्छ, अनि त्यसको लागि जस्तै सुकै मोल चुकाउनु परेतापनि केही छैन भन्‍ने सोचाइ हुन सक्छ।
  • परिवर्तनको आशा: उनी त्यो व्यक्तिलाई मायाँ गर्छिन र निरन्तर सम्बन्धलाई कायम राख्‍न चाहन्छिन्। हिंसालाई रोक्‍ने केही उपाय त हुनु पर्छ जस्तो तिनलाई लागेको हुन सक्छ।
  • बुबा बिना बच्चाहरूलाई कस्तो लाग्छ होला भन्‍ने दोषी भावना।

त्यसैले सायद यसरी प्रश्‍न गर्नु ठीक छ होला, "किन त्यो व्यक्तिले छोडेर नगएको?" यदि हामीले महिलालाई किन त्यो व्यक्तिलाई नछोडेको भनेर प्रश्‍न गर्‍यौ भने ती महिलाले आफ्नो व्यक्तिगत समस्या सुल्झाउनु पर्छ भनेर सोचिरहेका हुन्छौं। हिंसा हुनुमा केबल महिलाको मात्र समस्या हो भनेर सोच्‍नु बिल्कुलै गलत हो। पूरै समाज प्रत्येक व्यक्तिको स्वास्थ्य र खुसीको निम्ति जिम्मेवार हुनु आवश्यक छ।

कुटपिट गर्ने पुरुषले कुनै शारिरीक हानी वा मृत्यु बिना स्वतन्त्र भएर बाँच्‍न पाउने महिलाको अधिकारको हनन् गरेर अपराध गरिरहेका हुन्छ। यस्ता खराब गतिविधि विरुद्ध उठ्नु पर्छ र यसलाई रोक्‍नु पर्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020114