पिउने पानी सफा कसरी गर्ने

From Audiopedia
Revision as of 11:31, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

पानीलाई भाँडोमा छोपेर राख्नुपर्छ र आफु बस्‍ने ठाउँ सफा राख्नु पर्छ।

पिउने पानी सबैभन्दा सफा स्रोतबाट लिनुपर्छ। यदि पानी धमिलो छ भने यसलाई थिग्रिन दिनुपर्छ र माथि-माथिको सफा पानी छुट्टै भाँडोमा खन्याउनुपर्छ। त्यसपछि उक्त पानी पिउनुअघि तल बताइएको तरिकामा हानिकारक किटाणुहरू मार्नुपर्छ। यसलाई प्युरिफिकेशन अर्थात् शुद्धिकरण भनिन्छ।

शुद्धिकरण गरिएको पानी सफा भाँडोमा छोपेर राख्‍नुहोस्। यदि पकाउने तेल प्रयोग गरिएको भाँडोमा पानी राख्‍न चाहनुहुन्छ भने पहिला त्यस भाँडालाई साबुन र तातो पानीले धुनुपर्छ। त्यसपछि मात्र उक्त भाँडोमा सफा पानी राख्नुपर्छ। केमिकल, किटनाशक वा इन्धन राख्‍न प्रयोग गरिएको भाँडोमा कहिल्यै पानी नराख्नुहोस्। पानी राख्‍न प्रयोग गरिने भाँडोलाई हप्तामा कम्तिमा पनि एक पटक साबुन र सफा पानीले धुनुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010117