गर्भावस्थाको समयमा म कसरी मलेरियाबाट बच्‍न सक्छु

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

गर्भवती महिलाका लागि मलेरिया निकै खतरनाक हुन्छ। मलेरियाको बिगबिगी भएको क्षेत्रमा बस्‍ने महिला पहिलो पटक गर्भवती भए भने यस्तो अवश्थामा यस रोगका लक्षणहरू देखिदैनन्। त्यसैले यो राग लाग्‍न नदिन तिनले एन्टिमलेरिया चक्की गर्भावश्थाको ३ देखि ६ महिनाको बीचमा वा ६ देखि ९ महिनाको बीचमा तालिम प्राप्त स्वास्थ्यकर्मीको सुझाव लिएर खानुपर्छ। मलेरिया लाग्‍न नदिन कुन प्रकारको ट्याबलेट दिनु राम्रो हो भन्‍ने विषयमा स्वास्थ्यकर्मीलाई राम्रोसँग थाहा हुन्छ।

राती सुत्दा गर्भवती महिलाले लामखुट्टे आउन नदिन एक प्रकारको रसायन राखेको झुल प्रयोग गर्नुपर्छ।

गर्भवती महिलालाई प्लासमोडियम फेल्सिपरम मलेरिया लागेको लक्षण देखापरेमा तुरून्तै गर्भावस्थाको पहिलो ३ महिनाको समयमा किनिन प्रयोग गरेर उपचार गराउनुपर्छ भने ३ देखि ६ अनि ६ देखि ९ महिनाको समयावधिमा ए.सि.टि प्रयोग गरेर उपचार गराउनुपर्छ। यो उपचार तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा चाँडै गराउनुपर्छ।


Sources