महिलाहरूले प्रयोग गर्ने कन्डमबारे मैले के थाह पाउनुपर्छ

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

महिलाहरूले प्रयोग गर्ने कन्डम योनीमा ठ्याक्क मिल्छ र यसले योनीको दाँया र बाँयाको भागलाई छोप्छ र यौन सम्बन्ध राख्नुअघि जुनसुकै बेला लगाउन सकिन्छ। यसलाई एक पटक मात्र प्रयोग गर्न सकिन्छ, फेरि प्रयोग गर्नाले यो च्यातिन सक्छ। तर तपाईंसित अरू कुनै कन्डम छैन भने यसलाई सफा गरेर पाँच पटकसम्म प्रयोग गर्न पनि सकिन्छ। यौन सम्बन्ध राख्दा पुरूष र महिला दुवैले एकै पटक कन्डम लगाउनु हुँदैन।

पुरूषले लगाउने भन्दा महिलाले लगाउने कन्डम ठूलो हुन्छ र यो सजिलै च्यातिंदैन। पुरूष महिलाको माथि रहेर यौन सम्बन्ध राख्छन् भने यो कन्डमले राम्ररी काम गर्छ।

महिलालाई गर्भधारण, यौनजन्य रोग र एच.आइ.भि -बाट जोगाउने सबैभन्दा प्रभावकारी विधि महिलाले प्रयोग गर्ने कन्डम हो। महिलाले प्रयोग गर्ने तीन किसिमका कन्डम उपलब्ध छन्। बजारमा आएका नयाँ खाले कन्डमहरू अलि सस्तो छन्। भि.ए कन्डम महिलाको शरीरमा राम्ररी बस्छ, यो आरामदायी हुनुका साथै यौन सम्पर्कको बेला थोरै मात्र आवाज निस्किन्छ।

हुन त महिलाले प्रयोग गर्ने कन्डम केही ठाउँहरूमा मात्र उपलब्ध छ, तर यस्ता विधिको धेरै माग बढ्यो भने थुप्रै कार्यक्रमले उपलब्ध गराउन सक्छन्।



Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020412