पुरूषले प्रयोग गर्ने कन्डमबारे मलाई के थाह हुनुपर्छ

From Audiopedia
Revision as of 11:32, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

पुरूषहरूले प्रयोग गर्ने कन्डम पातलो रबरले बनेको एउटा साँघुरो झोला हो जसलाई यौन सम्बन्धको बेला पुरूषहरूले आफ्नो लिङ्गमा लगाउँछन्। वीर्य त्यस झोलामा रहने भएकोले शुक्रकिट महिलाको शरीरमा पस्‍न पाउँदैन।

गर्भधारण गर्नदेखि जोगाउने राम्रो तरिका कन्डम हो। कन्डमलाई शुक्रकिट मार्ने क्रिम र पानी भएको लुब्रिकेन्टसित प्रयोग गर्दा अझ धेरै प्रभावकारी हुन्छ।

कन्डमको प्रयोगले कुनै असर गर्दैन।

कन्डमको प्रयोग गर्दा यौनजन्य रोग र एच.आइ.भि -बाट सही तरिकामा जोगिन सकिन्छ। कन्डमको मात्र प्रयोग गरे पनि हुन्छ वा अरू परिवार नियोजनका विधिसित पनि प्रयोग गर्न सक्नुहुन्छ। कन्डम थुप्रै औषधी पसल र बजारहरूमा किन्‍न पाइन्छ र प्रायजसो स्वास्थ्यचौकी र एड्स रोकथाम कार्यक्रमहरूद्वारा पनि उपलब्ध हुन्छ।

पुरूषको लिङ्ग कडा भएपछि र महिलाको यौन अङ्गभित्र प्रवेश गराउनुअघि कन्डम लगाउनुपर्छ। यदि पुरूषले आफ्नो लिङ्ग महिलाको यौन अङ्गमा रगड्छ वा लिङ्ग योनीभित्र प्रवेश गराउँछ भने गर्भधारण हुन सक्छ वा यौनजन्य रोग सर्न सक्छ। पुरूषको वीर्य निस्केको छैन भने पनि यस्तो हुन सक्छ।

कन्डम च्यातिन्छ वा लिङ्गबाट फुस्किन्छ भने महिलाको योनीमा भएका शुक्रकिटलाई तुरून्तै मार्नुपर्छ। सम्भव छ भने आकस्मिक परिवार नियोजन प्रयोग गर्नुहोस्।

नबिर्सनुहोस्:

  • हरेक पटक यौन सम्बन्ध राख्दा कन्डम प्रयोग गर्नुहोस्।
  • यदि महिलाले परिवार नियोजनको अर्कै विधि अपनाउँदै छिन् भने पनि यौनजन्य रोगबाट जोगिन कन्डमको प्रयोग गर्नु पर्छ।
  • सम्भव छ भने सधैं ल्याटेक्सले बनेको कन्डम प्रयोग गर्नुहोस्। यसले एच.आइ.भि संक्रमण फैलन देखि जोगाउँछ। भेडाको छालाले बनेको कन्डमले एच.आइ.भि संक्रमणदेखि जोगाउँदैन।
  • कन्डमलाई चिसो, सुख्खा ठाउँमा राख्नुहोस् र घामबाट जोगाउनुहोस्। पुरानो वा च्यातिएको पाकेटका कन्डमहरू च्यातिने सम्भावना हुन्छ।
  • एउटा कम्डमलाई एक पटकको लागि मात्र प्रयोग गर्नुहोस्। पहिल्यै प्रयोग भैसकेको कन्डम फेरी प्रयोग गर्दा सजिलै च्यातिन सक्छ।
  • यौन सम्बन्ध राख्‍ने ठाउँ नजिकै कन्डम राख्नुहोस्। तपाईं जे गर्दै हुनुहुन्छ त्यो गर्न छोडेर कन्डम खोज्‍नुपर्‍यो भने सायद तपाईंले त्यसको प्रयोग नै गर्नुहुन्‍न होला।
  • पहिलो कुरा, धेरैजसो जोडीलाई कन्डम प्रयोग गर्न मन पर्दैन। तर यसको बानी परिसकेपछि भने यसले गर्भधारण र यौनजन्य रोगहरूबाट जोगाउने मात्र नभई अरू थुप्रै कुरामा पनि फाइदा पुर्‍याउँदो रहेछ भनेर तिनीहरूले थाह पाउनेछन्।
  • होसियारीपूर्वक कन्डम नच्यातिने गरी यसको पाकेट खोल्नुहोस्। यदि कन्डमको प्याकेट च्यातिएको छ वा सुकेको वा कडा वा च्याप-च्याप छ भने नयाँ प्रयोग गर्नुहोस्। किनभने यस्तो कन्डमले प्रभावकारी तरिकामा काम गर्दैन। कन्डम लगाउनुअघि डल्लो पारिएकोलाई सीधा बनाउने वा खोल्ने नगर्नुहोस्।



Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020410