पोषणयुक्त खानेकुरा खानु भनेको के हो

From Audiopedia
Revision as of 11:55, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

पोषणयुक्त खानेकुरा खानु भनेको शरीर बढ्न, स्वस्थ रहन र रोगबिमारसित लड्न सही प्रकारको खानेकुरा पर्याप्त मात्रामा खानु हो।

संसारको धेरैजसो ठाउँमा प्राय मानिसहरूले हरेक पटक खाना खाँदा थोरै मूल्य पर्ने एक प्रकारको खानेकुरा खाने गर्छन्। क्षेत्र अनुसार यी खानेकुरा भात, मकै, कोदो, गहुँ, कसावा, आलु, कटहर वा प्लानटेन अर्थात् एक प्रकारको केरा हुन सक्छ। यी मुख्य खानेकुराले शरीरलाई दिनहुँ चाहिने खानाको मात्रा पूरा गर्छ।

तर, कुनै व्यक्ति स्वस्थ रहन यी मुख्य खानेकुरा मात्र खाएर पुग्दैन। अरू 'थप' खानेकुरा जस्तै प्रोटिन (शरीर बनाउन मदत गर्छ), भिटामिन र मिनेरलस् (यसले शरीरलाई जोगाउँछ र बिग्रेकोलाई बनाउँछ), तेल र चिनी (शक्ति दिन्छ) पनि चाहिन्छ।

स्वस्थकर खानेकुरामा विभिन्‍न प्रकारको खानेकुरा हुन्छ। जस्तै: प्रोटिनयुक्त खानेकुरा, भिटामिन र मिनेरलस् प्रशस्त मात्रामा भएका फलफुल र तरकारी। तेल र चिनीको मात्रा थोरै मात्र भए पुग्छ। तर खानेकुरा पर्याप्त पाइँदैन भने थोरै खानुभन्दा चिनी र तेल भएको खानेकुरा खानु बेस हुन्छ।

कुनै महिलालाई स्वस्थ रहन यहाँ दिइएका सबै खानेकुरा खानुपर्छ भन्‍न खोजेको होइन। चलनअनुसार तिनले मुख्य खानेकुरा खान सक्छिन् र त्यसमा आफ्नो इलाकामा उपलब्ध थप खानेकुरा समावेश सक्छिन्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010403