महिलाहरूलाई हुने सामान्य मानसिक समस्या के-के हुन्
From Audiopedia
हुनत मानसिक स्वास्थ्य समस्याहरू थुप्रै प्रकारका छन्। तर सबैभन्दा धेरै जसो हुने मानसिक समस्या भनेको मनोत्रास, डिप्रेसन र रक्सी वा लागू पदार्थको दुरुपयोग हुन्। थुप्रै समाजमा पुरूषभन्दा महिलालाई धेरै मनोत्रास र डिप्रेसन हुने गरेको पाइएको छ। तर रक्सी वा लागू पदार्थको दुरुपयोग गर्नेहरू भने धेरै जसो पुरूषहरू हुन्छन्।