बलात्कार र यौन आक्रमण कस्ता प्रकारका छन्

From Audiopedia
Revision as of 12:20, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

यौन आक्रमण विभिन्‍न प्रकारका हुन्छन्। ती मध्ये केहीलाई मात्र मानिसहरूले बलात्कार भन्‍ने ठान्छन्। उदाहरणका लागि, जीवनमा आइपर्ने घटनाले कुनै महिला नचाहँदा-नचाहँदै यौन सम्बन्ध राख्‍न बाध्य हुन्छिन्। यस्तो अवस्था विवाहित जोडीमा समेत हुन सक्छ। केही विवाहित महिलाहरूलाई यौन सम्बन्ध राख्‍ने तिनीहरूको कर्तव्य हो जस्तो महसुस गराइन्छ, चाहे तिनीहरू यसो गर्न इच्छुक होऊन वा नहोऊन। यसरी जबरजस्ती राखिने यौन सम्बन्धलाई समाजले गलत ठान्दैन र यसको सजाय पनि दिइँदैन, तैपनि यसो गर्नु गलत हो।

अरू केही महिलाहरू भने यौन सम्बन्ध राखेर जीविको पार्जन गर्छन्। यसो गर्दा तिनीहरूले आफ्ना छोराछोरीको लागि खर्च जुटाउन, बस्‍ने ठाउँ पाउन वा पैसा जम्मा गर्न वा जागिरमा रहिरहन सक्छन्। चाहे कारण जेसुकै होस्, यदि कुनै महिलाले चाहँदैनिन् भने तिनलाई कहिल्यै यौन सम्बन्ध राख्‍न जबरजस्ती गर्नु हुँदैन।

कुनै पनि सम्बन्धमा महिलाले यौन सम्बन्ध राख्‍ने कि इन्कार गर्ने भनेर निर्णय गर्न सक्छिन्। यदि तिनले इन्कार गरिन् भने पुरूषले तिनको निर्णयको आदर गरेर स्विकार गर्ने, वा फेरि तिनको मन बदल्ने कोसिस गर्ने वा जबरजस्ती गर्ने, यी सबै कुराहरू उसकै छनौटमा भर पर्छ। महिलाले पुरूषलाई चिनेकी छिन् र "हुँदैन" भन्‍ने विकल्प नभएकोले गर्दा तिनले "हुन्छ" भन्छिन् भने पनि यो बलात्कार गरेकै ठहरिन्छ।

प्रायजसो महिलाहरूले पुरूषलाई चिनेका छन् भने अरूको मदत माग्‍न तिनलाई धेरै गाह्रो हुन्छ। यदि तिनले ती पुरूषलाई देखिरहन्छिन् भने आफूलाई सुरक्षित महसुस गर्न झनै गाह्रो हुन्छ।

महिलाहरूलाई यौन सम्बन्ध राख्‍न जबरजस्ती गर्दा, चाहे हिंसा होस् या नहोस् यसले गर्दा तिनमा थुप्रै स्वास्थ्य र भावनात्मक समस्याहरू हुन सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020304