किन कुनै-कुनै महिलाहरूले गर्भपतन गराउँछन्

From Audiopedia
Revision as of 12:22, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

गर्भपतन गराउने कि नगराउने भनेर निर्णय गर्न धेरै गाह्रो हुन्छ। कुनै-कुनै धर्ममा गर्भपतन गराउनु गलत हो भनेर सिकाइन्छ र थुप्रै देशहरूमा गर्भपतन गर्नुलाई गैर-कानुनी वा असुरक्षित समेत मानिन्छ। तर कुनै महिलाले गर्भपतन गराउनुका धेरै कारणहरू हुन सक्छन्। केही उदाहरण यहाँ दिइएका छन्:

  • आफूले हेरचाह गर्नु पर्ने अरू बच्चाहरू छन्।
  • गर्भधारणले आफ्नो स्वास्थ वा जीवनलाई खतरामा पार्न सक्छ।
  • बच्चालाई हुर्काउन मदत गर्ने जोडी छैनन्।
  • तिनी आफ्नो स्कुल पहिला सकाउन चाहन्छिन्।
  • तिनलाई बच्चा हुर्काउन मन पर्दैन।
  • जबरजस्ती यौन सम्बन्धद्वारा तिनी गर्भवती भएकी छिन्।
  • तिनलाई गर्भपतन गराउन कसैले दबाब दिइरहेका छन्।
  • बच्चा जन्मेपछि गम्भीर स्वास्थ्य समस्या हुने सम्भावना छ। (जन्मँदै खोट)
  • तिनलाई एच.आइ.भि वा एड्स लागेको छ।

योजना नबानाएर वा नचाहँदा-नचाहँदै गर्भवती निम्‍न कारणले हुन सक्छ...

... महिला र तिनको जोडीलाई गर्भवती कसरी हुन्छ भनेर थाह नहुँदा।

... परिवार नियोजन गर्न महिला सानो उमेरकी छिन् भनेर स्वास्थ्यकर्मीले सोंच्दा।

... जवरजस्ती करणी भएकोले गर्दा। ... परिवार नियोजनका विधि उपलब्ध नहुँदा वा यसको प्रयोग राम्ररी नगर्दा वा नहुँदा।

महत्त्वपूर्ण: असुरक्षित यौन सम्बन्ध राखेको तीन दिनभित्र महिलाले तुरून्तै केही कदम चालिन् भने गर्भधारण हुनबाट तिनी जोगिन सक्छिन्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020203