महिलाले लगाउने कन्डम कसरी प्रयोग गर्ने
From Audiopedia
१. प्याकेटलाई होसियारीसाथ खोल्नुहोस्।
२. कन्डमको बन्द भागमा भएको भित्री रिङ्ग भेटाउनुहोस्।
३. भित्री रिङ्गलाई सँगै थिच्नुहोस्।
४. भित्री रिङ्गलाई योनीभित्र राख्नुहोस्।
५. रिङ्गलाई योनीको माथिसम्म औंलाले थिच्नुहोस्। बाहिरी रिङ्ग भने योनीको बाहिर नै रहन्छ।
६. यौन सम्पर्कको बेला लिङ्गलाई बाहिरी रिङ्ग हुँदै लानुहोस्।
७. यौन सम्पर्कपछि तुरून्तै उठ्नुअघि नै कन्डम फुकाल्नुहोस्। पुरूषको शुक्रकिट थैलीमा रहन दिनको लागि बाहिरी रिङ्गलाई थिचेर बटार्नुहोस्। अनि यो थैली बिस्तारै निकाल्नुहोस् र बच्चाहरू अनि जनावरले भेटाउन नसक्ने ठाउँमा फ्याँक्नुहोस्।