स्तनपान बाहेक अरू कुरा दिनु किन हानिकारक हुन्छ

From Audiopedia
Revision as of 12:22, 23 February 2024 by Marcelheyne (talk | contribs) (XML import)
(diff) ← Older revision | Latest revision (diff) | Newer revision → (diff)
Jump to: navigation, search

कृत्रिम दूध (इन्फेन्ट फर्मुला) बनाउने कम्पनीहरू पैसा कमाउने उद्देश्यले आफ्नो बच्चालाई आमाहरूले स्तनपान नगरी कृत्रिम दूध खुवाएको चाहन्छन्। कृत्रिम दूध वा बोतलबाट दूध खुवाउनु असुरक्षित हुन्छ। बोतल वा फोर्मुला दूध खुवाइएका लाखौं बच्चाहरू कुपोषण वा बिरामी भएका छन् वा तिनीहरूको मृत्यु समेत भएको छ।

फोर्मुला र बट्टाको दूध वा जनावरको दूध जस्ता अन्य दूधहरूले बच्चालाई रोगबाट बचाउन सक्दैन।

फोर्मुला तथा अन्य दूधहरूले रोग र मृत्यु निम्त्याउन सक्छ। यदि बोतल, चुस्‍ने मुन्टो वा फोर्मुला दूध बनाउने पानी पर्याप्त उमालिएन भने बच्चाले हानिकारक किटाणु निल्छ र झाडा-पखाला लाग्‍न सक्छ।

बच्चाले स्तनबाट दूध पिउँदा दूध चुस्‍नआफ्नो जिब्रो प्रयोग गर्छ। तर बोतलबाट दूध पिउँदा भने बच्चाले फरक तरिकाले गर्छ। बोतलबाट दूध चुसेपछि बच्चाले स्तनबाट दूध चुस्‍ने तरिका बिर्सन सक्छ। साथै, बच्चाले पर्याप्त आमाको दूध चुसेन भने आमाको दूध उत्पादन कम हुँदै जान्छ। त्यसपछि बच्चाले पूर्ण रुपमा स्तनपान गर्न छोड्छ।

बोतलको दूध खुवाउन धेरै पैसा खर्च हुन्छ। एउटा बच्चाको लागि परिवारलाई पहिलो वर्षमा ४० किलो फोर्मुला दूधको पाउडर चहिन सक्छ। एकदिनमा बच्चाले पिउने फर्मुला दूध र पानी उमाल्न लाग्‍ने इन्धनको मूल्य परिवारले एक हप्तामा वा एक महिनामा कमाउने पैसाभन्दा धेरै लाग्‍न सक्छ। केही आमाबुवाले पैसा बचाउन दूधको पाउडर कम हाल्ने वा पानी धेरै हाल्ने गर्छन्। यसले गर्दा बच्चालाई कुपोषण हुन्छ र बढ्न धेरै समय लाग्‍ने र धेरै पटक बिरामी पर्ने हुन्छ।

महत्त्वपूर्ण: आमालाई एच.आइ.भि लागेको छ भने आफ्नो बच्चालाई सुरक्षित तरिकामा दूध खुवाउने विषयमा निर्णय गर्नुपर्छ। तपाईंलाई एच.आइ.भि लागेको छ भने यस विषयमा एक जना स्वास्थ्यकर्मीसित कुरा गर्नुहोस्।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010804