म कसरी आफ्नो पोषणमा सुधार गर्न सक्छु: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 22: Line 22:
* ''Audiopedia ID: np010423''
* ''Audiopedia ID: np010423''


  [[Category:नेपाली]] [[Category:पोषण]]
  [[Category:नेपाली]] [[Category:पोषण (np)]]

Latest revision as of 12:22, 23 February 2024

पोषण सुधार गर्ने तरिकाहरूको केही उदाहरणहरू यहाँ दिइएका छन्। यी सुझावहरूले तपाईंलाई उब्जनी बढाउन वा विभिन्‍न प्रकारका खानेकुराहरू उब्जनी गर्नुका साथै खानेकुरालाई बिग्रन नदिन राम्रो तरिकामा भण्डार गर्न मदत गर्न सक्छ। यी मध्ये केही उदाहरणहरूले छिट्टै नतिजा ल्याउँछन् भने अन्य उदाहरणहरूले नतिजा ल्याउन अलि लामो समय लाग्‍न सक्छ।

कुनै एउटा जमिनमा अन्‍न उब्जनी बढाउन फरक-फरक प्रकारका बालीनालीलाई एकैसाथ लगाउन सकिन्छ। उदाहरणको लागि, होंचो हुने र हलक्क बढेर अग्लो हुने दुबै बालीलाई एकैसाथ लगाउन सकिन्छ। यी बालीनालीहरू लगाएको जमीनमा फलफुलका बिरुवाहरू पनि रोप्‍न सकिन्छ। अथवा छोटो समयमै बढ्ने र बढ्न अलि लामो समय लाग्‍ने बिरुवाहरू सँगसँगै रोप्‍न सकिन्छ। यसो गर्दा हुर्किन समय लाग्‍ने बाली तयार हुनु अघि नै छोटो समयमै तयार भैसकेको पहिलो बाली कटनी गर्न सकिन्छ।

यदि तपाईंले नगदे बालीहरू लगाउनुहुन्छ (बिक्री गरेर तुरुन्तै नगद प्राप्त गर्न सकिने) भने, यो सँगै अन्य बालीनालीहरू पनि लगाउनुहोस्। उदाहरणका लागि, कफीको बोटलाई छाँया होस भन्‍नको निमित्त नट्स् (काजु, ओखरको बोट) वा फलफुलको रुख रोप्‍न सकिन्छ। अथवा कपासको बोट सँगै कसावा (सिमल तरुल अथवा एक प्रकारको तरुल) रोप्‍न सकिन्छ। स्थानीय हावापानीमा राम्रोसँग हुर्किन सक्‍ने, पोषणयुक्त तत्वहरू पाइने अनि धेरै मलजलको आवश्यकता पनि नपर्ने बिरुवाहरू खोज्‍नुहोस्।

पालैपालो बाली लगाउने: हरेक पटक कुनै एउटा बाली लगाउने सिजनमा माटोको उर्वराशक्ति बढाउन सिमी, केराउ, दाल, अल्फाल्फा, बदाम वा कोसा भएका बालीहरू लगाउन सकिन्छ। उदाहरणको लागि, यो वर्ष मकै रोप्‍ने अनि अर्को वर्ष सिमी रोप्‍ने।

विभिन्‍न प्रकारका अन्‍नहरू उब्जाउने प्रयास गर्नुहोस्। यसले गर्दा, यदि कुनै बालीनालीबाट उब्जनी पाउन सकिएन भनेपनि अर्को बालीबाट केही पाउन सकिन्छ। खेतबारीमा डिल बनायो भने माटो बगेर जानदेखि रोकिन्छ।

प्राकृतिक मल प्रयोग गर्नुहोस्। कम्पोस्ट मल बनाउनुहोस् यसो गर्दा सित्तैमा प्राप्त गर्न सकिन्छ।

सम्भव भएमा, अरुहरूसँग मिलेर खाद्य सहकारी स्थापना गर्नुहोस्। यसले गर्दा सबैले कम मूल्यमै खानेकुरा किन्‍न सक्छन्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010423