कस्ता महिलाहरूलाई बलात्कार गरिने खतरा धेरै हुन्छ: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 15: Line 15:
* ''Audiopedia ID: np020303''
* ''Audiopedia ID: np020303''


  [[Category:नेपाली]] [[Category:यौन हिंसा]]
  [[Category:नेपाली]] [[Category:यौन हिंसा (np)]]

Latest revision as of 12:21, 23 February 2024

जस्तोसुकै महिलालाई पनि बलात्कार गरिने खतरा हुन सक्छ, तर यदि तिनी निम्‍न अवस्थामा छिन् भने अझ धेरै खतरा हुन्छ:

  • तिनी अशक्त छिन् भने - तिनी व्हीलचेयरमा बस्छिन्, सुस्तश्रवण, दृष्‍टिविहिन वा सुस्तमनस्थिति भएकि छिन् भने।
  • तिनी शरणार्थी, आप्रवासी वा हराएकी व्यक्ति हुन् वा युद्ध मच्चिएको इलाकामा बस्छिन् भने।
  • सडकमा बस्छिन् वा घरबारविहीन छिन् भने।
  • देह व्यापार गर्छिन् भने (वेश्यावृती)।
  • पक्राउ परेकि वा झ्यालखानामा छिन् भने।
  • पति वा जोडीले (केटा साथीले) दुर्व्यवहार गर्छन् भने।

यी महिलाहरूमा समाजको सुरक्षा नभएकोले तिनीहरूलाई सजिलै शिकार बनाउन सकिन्छ भनेर बलात्कार गर्ने व्यक्तिले सोचेको हुन सक्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020303