मधुमेह भनेको के हो: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 29: Line 29:
* ''Audiopedia ID: np010421''
* ''Audiopedia ID: np010421''


  [[Category:नेपाली]] [[Category:पोषण]]
  [[Category:नेपाली]] [[Category:पोषण (np)]]

Latest revision as of 12:21, 23 February 2024

मधुमेह रोग लागेको व्यक्तिको शरीरले खानेकुरामा भएको चिनीको मात्रालाई प्रयोग गर्न सक्दैनन्। मधुमेहले गर्दा पछि अन्धोपन हुने, हातगोडा काट्नुपर्ने, कोमामा जाने वा मृत्यु समेत हुन सक्छ। मधुमेह टाइप १ बाल्यकालमा हुने मधुमेह हो। यस प्रकारको मधुमेह लागेकाहरूले जीवनभरि नै इन्सुलिन भनिने औषधी लिनुपर्छ। मधुमेह टाइप २ चाहिं प्राय ४० वर्षभन्दा माथिका उमेरका व्यक्तिहरूलाई लाग्छ। मोटोपन भएका मानिसहरूलाई प्राय मधुमेह हुन्छ।

महिलाहरूलाई गर्भावस्थामा पनि यो रोग दखिन सक्छ। यसलाई गेस्टेशनल मधुमेह भनिन्छ। तपाईं गर्भवती हुनुहुन्छ र धेरै प्यास लाग्छ अनि तपाईंको वजन घट्दै गएको छ भने स्वास्थ्यकर्मी कहाँ गएर रगतमा चिनीको मात्रा कति छ भनेर जचाउनुहोस्।

मधुमेहको लक्षणहरू के-के हुन्?

सरुमा देखिने संकेतहरू:

* सधैं तिर्खा लाग्‍नु 
* छिन-छिनमा पिसाब लाग्‍नु र धेरै पिसाब हुनु
* सधैं थकित हुनु
* सधैं भोकाउनु
* वजन घट्नु

पछि देखिने गम्भीर संकेतहरू:

  • छाला चिलाउनु
  • बेला-बेला दृष्‍टि धमिलो हुनु
  • हात वा खुट्टा लाटो भएको महसुस हुनु
  • पटक-पटक योनीमा संक्रमण हुनु
  • खुट्टामा घाउ निको नहुनु
  • बेहोस हुनु (गम्भिर अवस्थामा)

यी सबै लक्षणहरू अन्य रोगको कारणबाट पनि हुन सक्छ। तपाईंलाई मधुमेह लागेको कुरा पत्ता लगाउन स्वास्थ्यकर्मीलाई भेट्नुहोस्, वा ८ घण्टा केही नखानुहोस् र प्रयोगशालामा गएर फास्टिङ रगतमा चिनीको मात्रा जचाउनुहोस्। दुई पटकको फरक परीक्षणमा तपाईंको रगतमा चिनीको मात्रा १२५ भन्दा धेरै छ भने तपाईंलाई मधुमेह रोग लागेको छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np010421