गर्भपतन गर्ने कुन तरिकाहरू सुरक्षित छन्: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 17: Line 17:
* ''Audiopedia ID: np020208''
* ''Audiopedia ID: np020208''


  [[Category:नेपाली]] [[Category:गर्भपतन]]
  [[Category:नेपाली]] [[Category:गर्भपतन (np)]]

Latest revision as of 12:21, 23 February 2024

निम्‍न तरिकामा तालिम प्राप्त स्वास्थ्यकर्मीद्वारा गर्भावस्थालाई समाप्त गर्न सकिन्छ:

तानेर गर्भपतन (भ्याकुम एस्पिरेसन अर्थात् भ्याकुमले तानेर, एम.भि.ए ) एक विशेष प्रकारको ट्युब (क्यानुला) -को प्रयोग गरेर योनी र गर्भाशय हुँदै पाठेघरमा लगिन्छ र भ्याकुमद्वारा गर्भवस्था समाप्त गरिन्छ। यो तरिका अपनाइँदा महिलालाई बेहोस पार्नु पर्दैन, तर नदुखोस् भनेर गर्भाशयमा औषधी भएको सुइ लगाइन्छ। भ्याकुमले तानिसकेपछि (म्यान्युएल भ्याकुम एस्पिरेशन वा एम.भि.ए) एउटा विशेष सिरिन्जको प्रयोग गरेर गर्भको शिशु हटाइन्छ। अथवा एउटा सानो इलेक्ट्रिक मेसिन प्रयोग गरिन्छ। एम.भि.ए सजिलो र सुरक्षित गर्भपतन गर्ने तरिका हो र यसो गर्न जम्मा ५ देखि १० मिनेट मात्र लाग्छ। प्रायजसो यो क्लिनिक वा स्वास्थ्यचौकी वा डाक्टरको अफिसमा गरिन्छ। यस प्रकारको गर्भपतन गर्भावस्थाको १२ हप्ता भित्र (३ महिना) गराउँदा सुरक्षित हुन्छ।

खुर्केर गर्भपतन (डाइलेशन र क्युरेटेज वा डि र सि अर्थात् फुलाएर खुर्किने)

एउटा सानो खुर्किने सामग्री (अर्थात् क्युरेट) पाठेघरमा लगिन्छ र गर्भमा रहेको शिशुलाई खुर्केर हटाइन्छ। यसमा प्रयोग हुने सामग्री क्युरेट क्यानुलाभन्दा ठूलो हुन्छ। यो धारिलो हुने भएकोले गर्भाशय पहिला तन्काइनुपर्छ। यसो गर्दा दुख्‍न सक्छ। डि र सि गर्न समय लामो लाग्‍न सक्छ (लगभग १५ देखि २० मिनेट) र यसो गर्दा दुखाइ बढ्न सक्छ र भ्याकुम एस्पिरेशन भन्दा महँगो हुन्छ। यो तरिका शल्यक्रिया गरिने ठाउँमा गरिन्छ र महिलालाई पहिला बेहोस गर्नुपर्ने हुन्छ।

औषधीद्वारा गर्भपतन (मेडिकल गर्भपतन) अहिले संसारभरिका डाक्टर र स्वास्थ्यकर्मीहरूले एक विशेष प्रकारको औषधीको प्रयोग गरेर गर्भपतन गराउँछन्। यसलाई मेडिकल गर्भपतन भनिन्छ। यी औषधीले पाठेघरलाई संकुचन गर्छ र गर्भमा रहेको शिशु निकाल्छ। यी औषधी निल्ने वा मुखमा बिलाउने किसिमको हुन्छ। सही प्रकारको औषधीलाई सही तरिकामा प्रयोग गरिएको छ भने मेडिकल गर्भपतन प्रभावकारी र सुरक्षित हुन्छ। पाठेघरभित्र केही पनि नराखिने भएकोले असुरक्षित गर्भपतन जस्तो संक्रमणद्वारा महिलाको ज्यान जाने जस्तो खतरा कम हुन्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020208