अपरिचित व्यक्तिबाट हुने बलात्कारबारे मैले के थाह पाउनुपर्छ: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 17: Line 17:
* ''Audiopedia ID: np020306''
* ''Audiopedia ID: np020306''


  [[Category:नेपाली]] [[Category:यौन हिंसा]]
  [[Category:नेपाली]] [[Category:यौन हिंसा (np)]]

Latest revision as of 12:21, 23 February 2024

धेरै जसो मानिसहरूले 'बलात्कार' भन्‍ने शब्द सुन्‍ने बित्तिकै अपरिचित व्यक्तिबाट हुने बलात्कार भनेर सोच्छन्। महिलालाई बाटोमा वा घरमा आक्रमण हुन सक्छ। यस प्रकारको बलात्कार निकै भयानक हुन्छ। तर चिनेको व्यक्तिद्वारा हुने बलात्कारको तुलनामा यस प्रकारको बलात्कार कमै हुने गर्छ।

सामूहिक बलात्कार महिलालाई एकभन्दा धेरै पुरूषले बलात्कार गर्न सक्छन्। कहिलेकाहीं कुनै व्यक्तिले महिलालाई बलात्कार गरेको अरू पुरूषहरूले देख्छन् र पछि तिनीहरू पनि त्यसो गर्न सामेल हुन्छन्। वा कहिलेकाहीं जवान केटा र पुरूषहरू एकअर्कालाई आफ्नो 'पुरूषार्थ' देखाउन सँगै महिलाको बलात्कार गर्छन्।

झ्यालखानामा हुने बलात्कार कैदमा परेका थुप्रै महिलाहरू पुलिस वा झ्यालखानाका गार्डद्वारा बलात्कृत हुन्छन्। साथै, पुरूष कैदीहरूले को सबैभन्दा शक्तिशाली भनेर देखाउन पनि बलात्कार गरेको धेरै घटनाहरू छन्।

युद्ध सैनिक वा योद्धाहरूले महिला र तिनको समाजलाई आतंकित बनाउन र लाज महसुस गराउन तिनीहरूले प्रायजसो बलात्कार गर्छन्। शत्रुको शक्ति प्रदर्शित गर्न परिवारकै सामुने महिला र केटीहरूलाई सामुहिक बलात्कार गर्छन्। शिविरहरूमा पनि आफूलाई जीवित राख्‍न, छोराछोरीलाई सुरक्षित राख्‍न वा खाना पाउन महिलाहरू व्यश्यावृत्ति गर्न वा यौन दासत्वमा पर्न बाध्य हुन्छन्। युद्धमा बलात्कारलाई हतियारको रूपमा प्रयोग गरिन्छ भने यो एक प्रकारको यातना हो।

महत्त्वपूर्ण: बलात्कारको शिकार भएकाहरूलाई विशेष स्याहार चाहिन्छ। तिनको यौन अङ्‍गमा गम्भीर चोट भएकोले शल्यक्रिया गर्नुपर्ने हुन सक्छ। यदि बलात्कारपछि महिला गर्भवती भएमा तिनी र तिनका बच्चाहरूलाई तिनी शत्रुबाट बलात्कृत भएको कुरा सधैं याद आउन सक्छ।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020306