मेरो बच्चाको लागि आयोडिन किन महत्त्वपूर्ण छ: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 10: Line 10:
* ''Audiopedia ID: np010429''
* ''Audiopedia ID: np010429''


  [[Category:नेपाली]] [[Category:पोषण]]
  [[Category:नेपाली]] [[Category:पोषण (np)]]

Latest revision as of 12:21, 23 February 2024

आयोडिनको थोरै मात्रा बच्चाहरूको विकासको लागि महत्त्वपूर्ण छ। महिलाले गर्भावस्थामा पर्याप्त आयोडिन लिंदैनन् भने बच्चा जन्मिँदा मानसिक समस्या हुने सम्भावना हुन्छ वा सुस्तश्रवण वा बोल्न नसक्ने पनि हुन सक्छ। शैशवकाल र बाल्यावश्थामा पर्याप्त आयोडिन भएन भने तिनीहरूको शारिरीक, मानसिक वा ज्ञानको विकास हुन ढिलो हुन्छ। थोरै मात्रामा यो कमी हुँदा पनि बच्चाको बुझ्‍ने क्षमतामा असर गर्छ र बुद्धिमा कमी देखिन्छ।

गलगाँड अर्थात् थाइरोइड ग्रन्थी असामान्य रूपमा ठूलो भएर घाँटी सुन्‍निनु भनेको खानेकुरामा आयोडिनको कमी भएको सङ्‍केत हो। गर्भावस्थाको सुरूको समयमा आयोडिन कमी भयो भने गर्भ तुहिने वा जन्म दिंदा शिशुको मृत्यु हुने जस्ता खतरा हुन्छ।

सामान्य नुनको सट्टा आयोडिनयुक्त नुन प्रयोग गर्दा गर्भवती र बच्चालाई चाहिने आयोडिनको मात्रा पूरा हुन्छ। आयोडिनयुक्त नुन प्रयोग गर्नु पूरै परिवारको लागि सुरक्षित छ र खानेकुरा पकाउन चाहिने एउटै प्रकारको नुन पनि यही हो। त्यसैले नुन किन्दा सही तरिकामा लेखिएको र प्याक गरिएको उच्च गुणस्तरीय आयोडिनयुक्त नुन हो कि होइन भनेर परिवारले पक्का गर्नुपर्छ। आमाहरूले पनि आफूले गर्भावस्थाअघि, गर्भावस्थाको दौडान र पछि पनि आयोडिनयुक्त नुन कै प्रयोग गरेको छ कि छैन भन्‍ने कुरा पक्का गर्नुपर्छ। आमाबुबाले पनि आफ्ना छोराछारीको लागि खानेकुरामा प्रयोग गर्ने नुन आयोडिनयुक्त नुन हो भन्‍ने कुरा पक्का गर्नुपर्छ।

Sources