मेरो बच्चाको लागि आइरन किन महत्त्वपूर्ण छ: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 8: Line 8:
* ''Audiopedia ID: np010428''
* ''Audiopedia ID: np010428''


  [[Category:नेपाली]] [[Category:पोषण]]
  [[Category:नेपाली]] [[Category:पोषण (np)]]

Latest revision as of 12:20, 23 February 2024

आइरनको कमीले हुने समस्या भनेको एनेमिया अर्थात् शरीरमा रातो रक्तकोषको कमी हो। बच्चाहरूलाई मलेरिया र जुका लाग्दा पनि तिनीहरूको शरीरमा रातो रक्तकोषको कमी हुन्छ। शिशु र बच्चाहरूमा आइरनको कमीले तिनीहरूको शारीरिक र मानसिक विकासलाई असर गर्छ। थोरै मात्रामा मात्र कमी भए तापनि तिनीहरूको बौद्धिक विकासमा असर गर्छ। संसारभरि पोषणतत्त्वको कमीले हुने सबैभन्दा सामान्य समस्या रातो रक्तकोषको कमी हो।

बच्चाहरूको शारिरीक र मानसिक क्षमतालाई जोगाउन र रातो रक्तकोषको कमी हुन नदिन तिनीहरूलाई प्रशस्त आइरनयुक्त खानेकुरा आवश्यक पर्छ। आइरनको सबैभन्दा उत्तम स्रोत हुन्: कलेजो, बोसो कम भएको मासु र माछा। भेजिटेरियन खानेकुरा जस्तै गेडागुडीमा पनि पाइन्छ। गहुँ र मकैको पिठो, नुन, माछाको सस् वा सोया सस् जस्ता खानेकुरामा कहिलेकाहीं थप आइरन थपिएको हुन्छ। आइरनयुक्त खानेकुरा र आइरन चक्कीले रातो रक्तकोषको कमी हुन दिंदैन। आइरनलाई भिटामिन सि सँगै खाँदा पाचन प्रणालीले आइरन राम्ररी सोस्‍न सक्छ।

Sources