आफूलाई महसुस भएको कुरामा किन भरोसा गर्नुपर्छ: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 15: Line 15:
* ''Audiopedia ID: np020308''
* ''Audiopedia ID: np020308''


  [[Category:नेपाली]] [[Category:यौन हिंसा]]
  [[Category:नेपाली]] [[Category:यौन हिंसा (np)]]

Latest revision as of 12:20, 23 February 2024

सानो बेलादेखि महिलाहरूलाई अरूसित शिष्‍ट व्यवहार गर्नुपर्छ र अपमान गर्नु हुँदैन भनेर सिकाएको हुन्छ। तर यदि कसैले ति महिलालाई अप्ठ्यारो लाग्‍ने व्यवहार गर्छन् भने आफूलाई महसुस भएको कुरा देखाउन तिनलाई गाह्रो हुन्छ। तर होसियार हुनुहोस् यदि तपाईंलाई:

  • केही कुरा ठीक छैन भनेर लामो समयसम्म महसुस भयो भने।
  • डर लाग्छ वा उक्त ठाउँबाट निस्किन मन लाग्छ भने।
  • त्यस व्यक्तिले गरेको टिका-टिप्पणी वा सल्लाहले अप्ठ्यारो महसुस गराउँछ भने।
  • त्यस व्यक्तिले गरेको शारिरीक स्पर्श मन पर्दैन भने।

तपाईंलाई महसुस भएको कुरा देखाउन र कदम चाल्न गाह्रो हुन सक्छ, किनभने अरूले के सोच्लान् भनेर तपाईंलाई डर लाग्‍न सक्छ। साथै, यदि उक्त व्यक्ति तपाईंले चिनेको वा माया गर्ने व्यक्ति हुन भने तिनले तपाईंलाई नराम्रो गर्न चाहेको छ भनेर तपाईंलाई स्वीकार्न गाह्रो हुन्छ। तर तपाईंलाई महसुस भएको कुरामा भरोसा गर्नुहोस् र केही नराम्रो हुनुअघि नै अप्ठ्यारो परिस्थितिबाट भाग्‍नुहोस्।

आफूलाई महसुस भएको कुरामा भरोसा गर्नुहोस्। आफू बलात्कारको शिकार हुनुभन्दा अरूलाई अपमान गर्नु नै बेस हुन्छ। चाहे त्यो गल्ती नै किन नहोस्।

Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020308