पुरूषले प्रयोग गर्ने कन्डम कसरी लगाउनुपर्छ: Difference between revisions

From Audiopedia
Jump to: navigation, search
(XML import)
 
(XML import)
 
Line 18: Line 18:
* ''Audiopedia ID: np020411''
* ''Audiopedia ID: np020411''


  [[Category:नेपाली]] [[Category:परिवार नियोजन]]
  [[Category:नेपाली]] [[Category:परिवार नियोजन (np)]]

Latest revision as of 12:20, 23 February 2024

१. खतना नगरेको पुरूष हो भने लिङ्गको अगाडिको छाला भएको भागलाई पछाडितिर तान्‍नुहोस्। कन्डमको माथिल्लो चुच्चो थिच्‍नुहोस् र कडा भएको लिङ्गको टुप्पोमा राख्नुहोस्।

२. त्यसपछि डल्लो परेको कन्डमलाई लिङ्गमाथि खोल्दै अर्थात लगाउँदै जानुहोस् र पूरै लिङ्ग नछोपेसम्म कन्डमको टुप्पो थिचिरहनुहोस्। खुकुलो टुप्पोको भागमा पुरूषको शुक्रकिट जम्मा हुनेछ। शुक्रकिट जम्मा हुने ठाउँ भएन भने कन्डम च्यातिन सक्छ।

३. पुरूषको वीर्य निस्किसकेपछि तिनले कन्डमको तलको भाग समातेर लिङ्ग कडा हुँदा नै योनीबाट निकाल्नुपर्छ।

४. कन्डम फुकाल्नुहोस्। शुक्रकिट पोखिन वा चुहिन नदिनुहोस्।

५. कन्डमलाई बाँध्नुहोस् अनि बच्चा र जनावरहरूले भेट्न नसक्नेगरि टाढा फ्याँक्नुहोस्।

लुब्रिकेन्टअर्थात चिप्लो बनाउने पदार्थको प्रयोगले योनी वा कन्डमलाई भिजाउँछ र चिप्लो बनाउँछ। यसले कन्डमलाई च्यातिनदेखि जोगाउँछ र यौन सम्पर्कलाई सुरक्षित र अझ रमाइलो बनाउँछ। लुब्रिकेन्ट पानी मिसिएको हुनुपर्छ, जस्तै: थुक ( र्‍याल) वा के-वाइ जेलि (K-Y Jelly)। कन्डम कडा लिङ्गमा लगाइसकेपछि त्यसको दुवैपट्टि लुब्रिकेन्ट दल्नुहोस्। कन्डमको भित्रपट्टिको टुप्पोमा एक थोपा लुब्रिकेन्ट राख्दा पनि पुरूषलाई रमाइलो महसुस हुन सक्छ। पकाउने तेल, बेबि तेल, मिनेरल तेल, पेट्रोलियम जेल, क्रिम वा बटरको प्रयोग नगर्नुहोस्। यी कुराहरूले गर्दा कन्डम सजिलै च्यातिन सक्छ।


Sources
  • Burns, A. A., Niemann, S., Lovich, R., Maxwell, J., & Shapiro, K. (2014). Where women have no doctor: A health guide for women. Hesperian Foundation.
  • Audiopedia ID: np020411